फलेवास नगरपालिकाले गाँउ घरमै पुगेर जेष्ठ नागरिकलाई बाड्यो परिचय पत्र
/१५ माघ २०७४, सोमबार ०६:५९ , प्रकाशीत
शुभेच्छा न्यूज कार्कीनेटा । फलेवास नगरपालिकाले जेष्ठ नागरिक परिचय पत्र वितरण गर्न शुरु गरेको छ । महिला तथा बालबालीका कार्यालयबाट बितरण हुदै आएको उक्त परिचय पत्र मुलुक सघिंयतामा गएसगै नगरपालीकाबाट बितरण हुन थालेको हो । नगरबासी लाई सरकारी सेवा घरदैलोमा पु¥याउन नगरपालिकाले गाँउ गाँउमा पुगेर जेष्ठ नागरिक परिचय पत्र बितरण गर्न शुरुवात गरेको हो । नगरबासिहरुलाई घर घरमै सेवा प्रदान गर्न नगरपालिकाले वडा कार्यालय बाट जेष्ठ नागरिक परिचय पत्र वितरण गर्ने कार्य लाई अगाडी बढाएको नगर प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । उनका अनुसार ११ वटै वडाहरुमा पुगेर जेष्ठनागरिक लाई परिचय पत्र वितरण गरिने छ । जीवनको लामो समय देश र समाजको सर्वोपरी हितको लागि समय खर्चिएका जेष्ठ नागरिकलाई नगरपालिकाले सम्मान गर्ने शर्माले बताए। जेष्ठ नागरिक परिचय पत्र लिन ६० वर्ष उमेर पुगेका नागरिकहरुले नागरिकता, पासपोर्ट साइजका ४ प्रति फोटा र निवेदन सहित स्वयं व्यक्ति उपस्थित हुनुपर्ने हुन्छ । नगरपालिकाले शुक्रबार वडा नं. ११ पाङराङ बाट जेष्ठ नागरिक परिचय पत्र बितरण शुरु गरेको हो । जेष्ठ नगरिक लाई समेत सिंह दरबारको अधिकार घरदैलोमै आएको महसुस गराउने गरी नगरक्षेत्र भित्रका ११ वटै वडामा पुगेर जेष्ठ नागरिक लाई परिचय पत्र बितरण गर्ने कार्य लाई अगाडी बढाइएको प्रशासकिय अधिकृत मोती प्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार पहिलो दिन पाङराङमा करिब ५० जना जेष्ठनागरिकलाई परिचय पत्र बितरण गरिएको छ।
शुभेच्छा न्यूज
कार्कीनेटा । फलेवास नगरपालिकाले जेष्ठ नागरिक परिचय पत्र वितरण गर्न शुरु गरेको छ । महिला तथा बालबालीका कार्यालयबाट बितरण हुदै आएको उक्त परिचय पत्र मुलुक सघिंयतामा गएसगै नगरपालीकाबाट बितरण हुन थालेको हो । नगरबासी लाई सरकारी सेवा घरदैलोमा पु¥याउन नगरपालिकाले गाँउ गाँउमा पुगेर जेष्ठ नागरिक परिचय पत्र बितरण गर्न शुरुवात गरेको हो । नगरबासिहरुलाई घर घरमै सेवा प्रदान गर्न नगरपालिकाले वडा कार्यालय बाट जेष्ठ नागरिक परिचय पत्र वितरण गर्ने कार्य लाई अगाडी बढाएको नगर प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । उनका अनुसार ११ वटै वडाहरुमा पुगेर जेष्ठनागरिक लाई परिचय पत्र वितरण गरिने छ । जीवनको लामो समय देश र समाजको सर्वोपरी हितको लागि समय खर्चिएका जेष्ठ नागरिकलाई नगरपालिकाले सम्मान गर्ने शर्माले बताए। जेष्ठ नागरिक परिचय पत्र लिन ६० वर्ष उमेर पुगेका नागरिकहरुले नागरिकता, पासपोर्ट साइजका ४ प्रति फोटा र निवेदन सहित स्वयं व्यक्ति उपस्थित हुनुपर्ने हुन्छ । नगरपालिकाले शुक्रबार वडा नं. ११ पाङराङ बाट जेष्ठ नागरिक परिचय पत्र बितरण शुरु गरेको हो । जेष्ठ नगरिक लाई समेत सिंह दरबारको अधिकार घरदैलोमै आएको महसुस गराउने गरी नगरक्षेत्र भित्रका ११ वटै वडामा पुगेर जेष्ठ नागरिक लाई परिचय पत्र बितरण गर्ने कार्य लाई अगाडी बढाइएको प्रशासकिय अधिकृत मोती प्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार पहिलो दिन पाङराङमा करिब ५० जना जेष्ठनागरिकलाई परिचय पत्र बितरण गरिएको छ।
Related