पोखरा, १६ माघ । सरकारले युद्धकालमा माओवादीले हत्या गरेका पोखराका क्षेत्रबहादुर केसीलाई शहिद घोषण गरेको छ।
राप्रपा कास्कीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका स्वर्गीय क्षेत्रबहादुर केसीलाई हत्यागरिएको १३ बर्षपछि शहिद घोषणा गरेको हो । तत्कालिन समयमा पोखरा १८ मनकामनाटोल स्थायी घर भएका केसीलाई तत्कालिन विद्रोहि माओबादीहरुले गोली हानी हत्या गरेका थिए ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत भैसकेका केसी कास्कीमा निकै लोकप्रिय थिए । सुकुम्बासीलाई व्यवस्थित बासस्थानको ब्यवस्था गर्नुका साथै पोखराको वृहत्तर विकासमा उनको योगदानलाई अझै सम्झने गरिन्छ ।
साविकको पोखरा उपमहानगरपालिका वडा नम्बर १८ मा उनी पटकपटक वडा अध्यक्षमा निर्वा्चित भएर स्थानियस्तरमा जनताको सेवा गरेका थिए । स्थानीयले उनलाई अझै पनि विकासशिल नेताको रुपमा लिन्छन् ।

Related