• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश ४ मा मुख्यमन्त्रीलाई ५५ झ्याले गेस्टहाउस, सभामुखलाई रिसोर्ट

  •      /१७ माघ २०७४, बुधबार ०४:३९ ,  प्रकाशीत
    • नरहरि पौड्याल
    पोखराः माघ २२ मा प्रदेश ४ को प्रदेश सभा बैठक बस्दैछ। प्रदेशसभा बैठक नजिकिदै गर्दा कार्यालय तथा निवासका भौतिक संरचनालगायत पूर्वाधारको तयारी तीव्र रुपमा अगाडी बढेको छ।
    सरकारले अध्यागम कार्यालयलाई प्रदेश प्रमुखको कार्यालय बनाएपछि प्रदेश प्रमुख बाबुराम कुवँरले गतहप्ता त्यही कार्यालयमा कार्यभार सम्हाले। प्रदेश सभा सदस्यहरुलाई सपथ खुवाए।
    हाल क्षेत्रीय प्रशासकले प्रयोग गर्दै आएको निवासलाई प्रदेश प्रमुखको निवासको लागि प्रयोगमा ल्याएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए। मन्त्रिपरिषदको कार्यालयको निर्देशन अनुसार प्रदेश प्रमुखको कार्यालय, सचिवालय, निवासलगायत मुख्यमन्त्री र मन्त्रीको कार्यालयको तयारीमा खटिएको अधिकारीले बताए।
    प्रजिअ अधिकारीका अनुसार जिल्ला भूसंरक्षण कार्यालयका १० कोठा खाली गराएर प्रदेश मुख्यसचिवको निवासको तयारी अगाडी बढाइएको छ।
    त्यसैगरी सभामुखको लागि एयरपोर्टस्थित पर्यटन कार्यालयको नवनिर्मित भवनलाई प्रयोगमा ल्याउने तयारी छ। क्षेत्रीय प्रशासकको निवासमा प्रदेश प्रमुखको लागि ब्यवस्था गरिएपछि क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई राष्ट्र बैंक कर्मचारी आवास गृहमा सारिएको छ।
    नदीपुरको नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा प्रदेश सभाको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणको काम भईरहेको प्रजिअ अधिकारीले बताए।
    सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख किशोरलाल महाजुका अनुसार प्रस्तावित कार्यालय र निवासको मर्मतको काम तीव्र पारिएको छ। प्रदेशसभा हलमा र अन्य संरचनाहरुको निर्माण तथा मर्मतको काम अगाडी बढेको छ।
    मुख्यमन्त्री, गृह र अर्थमन्त्रीको कार्यालय प्रस्ताव गरिएको सीप विकास प्रशिक्षण केन्द्रको भवन निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको छ। उक्त भवनको निर्माण सम्पन्न नहुँदासम्म मुख्यमन्त्री कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा राखिनेछ ।
    त्यसैगरी पोखरा–लेखनाथ महानगरपालिकाको ड्यामसाइडस्थित रहेको गेस्टहाउसलाई मुख्यमन्त्रीको निवासका रूपमा प्रयोगमा ल्याइने भएको छ। मुख्यमन्त्रीको कार्यालय र निवास तत्कालका लागि अस्थायी रूपमा रहने छन्। सीप विकास प्रशिक्षण केन्द्रको भवन निर्माणको कार्य सकिएपछि मुख्यमन्त्रीको निवास र कार्यलय सारिनेछ।
    अहिले ब्यवस्थागरिएका सबै कार्यालय र निवास अस्थायी प्रकृतिका रहेको छन्। प्रदेश सरकार बनेपछि भने कार्यलयको उचित ब्यवस्थापन संघीय सरकारले नै गर्ने प्रजिअ अधिकारी बताउँछन्। ‘अहिले हामीले गर्ने अस्थाई ब्यवस्थापनमात्र हो,भोली प्रदेश सरकार बनेपछि उपयुक्त ब्यवस्थापन आफै गछर्’ उनले भने।
    पोखराको नागढुङ्गास्थित रहेको तारागाउँ रिसोर्टमा उपसभामुखको निवास राखिने छ भने क्षेत्रीय वन, शिक्षा, खानेपानी तथा ढल निकास, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण, सहकारी प्रशिक्षण तथा डिभिजन, क्षेत्रीय हुलाक, सडक, सिँचाइ, स्वास्थ्य, क्षेत्रीय कृषि, जिल्ला कृषि कार्यालय, घरेलु तथा साना उद्योग र सहरी विकास तथा भवन डिभिजन कार्यालयमा विभिन्न मन्त्रालय राखिनेछ ।

    मुख्यमन्त्रीलाई ५५ झ्याले दरवार

    मुख्यमन्त्रीका कार्यालयका लागि पोखरामा ‘५५ झ्याले’ भवनको सिंगार सुरु भइसकेको छ। भवनमा १ सय ८० झ्याल छन् तर, अघिल्लो भागमा ५५ झ्याल भएका कारण सरकारी कर्मचारी तथा इन्जिनियरहरु यसलाई ‘५५ झ्याले दरबार’ को उपमा दिने गरेका छन्।
    निर्माणाधीन ३ तले भवनको सम्पूर्ण काम सक्न अझै समय लाग्ने भए पनि मुख्यमन्त्रीको कार्यालय, प्रमुख सचिव, क्याबिनेट बैठक, साझा बैठकका लागि कोठा तत्काल तयार भइरहेको भवन निर्माण डिभिजन कार्यालय प्रमुखले जनाकारी दिएको हो।
    निर्माणाधीन भवनको कम्पाउन्डमा माटो भएकाले मुख्यमन्त्रीको गेटदेखि कार्यकक्षसम्म रातो कार्पेट ओछ्याइने र दाँयाबाँया हरियो कार्पेट ओछ्याइने तयारी गरिएको छ। एमालेको भागमा परेको मुख्यमन्त्रीको टुंगो भने लागेको छैन।

     pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.