• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्वासको ह्याट्रिकसंगै बंगलादेशको बरिन्धरालाई हराउदै थ्रीस्टार फाइनल प्रबेश

  •      /१७ माघ २०७४, बुधबार १५:०२ ,  प्रकाशीत
  • पोखरा । १६ औं आहा रारा गोल्डकप प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा थ्रीस्टार क्लबले पाहुना टोली उत्तर बरिन्धरा क्लब, बंगलादेशलाई ५–० गोल फराकीलो अन्तरले हराएकोछ।
    बुधवार पोखरा रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा थ्रीस्टार क्लवले ठूलो गोल अन्तरले पराजित गरेको हो। १६ औं आहा राराको संस्करणमा पहिलो ह्याट्रिक गर्ने सौभाग्य भने थ्री स्टारका विश्वास श्रेष्ठले पाए । उनी सर्वा्धिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन् ।
    क्वार्टरफाइनल खेलेका दुवै क्लव बीच भएको खेलमा उत्तर बरिन्धारा क्लवले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेन्। ४१ औं मिनेटमा घरेलु मैदानमा पोखरेली खेलाडी विष्णु गुरुङको गोलबाट थ्री स्टारले गोलको खडेरी तोड्यो । बुद्ध चेम्जोङले सिक्सयार्ड बक्सभित्र दिएको पासलाई गुरुङले गोल गर्दै अग्रता दिलाए । यद्यपी त्यसभन्दा अघिसम्म बरिन्धराले गोल रोक्ने प्रयासमा मात्रै रह्रो। विश्वास श्रेष्ठको पासमा निराजन खड्काले ४५ औं मिनेटमा थ्री स्टारको लागि दोस्रो गोल गरे । अर्को खेल भने ५ं१ मिनेटमा निराजन खड्काको पासमा विश्वासले गरे ।
    पहिलो हाफ ३—० ले अगाडि रहेको थ्रीस्टारले थप दुई गोल गर्न केही समय खर्चियो । निराजन श्रेष्ठले मिलाईदिएको पासलाई विश्वासले ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । निराजनकै पासमा विश्वासले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे ।
    ७५ औं मिनेटमा म्यान अफ दि म्यााच विश्वासले खड्काले दिएको वान टच ‘वाल पास’ मा गोल गरेका थिए ।
    दुवै टीम सिधै क्वार्टरफाइनल खेलेका हुन् । थ्रीस्टारले एपीएफलाई टाइब्रेकर तथा उत्तर बरिन्धराले सुदुरपश्चिमलाई २ –१ गोल अन्तरले पराजित गरी क्वाटरफाइनल प्रवेश गरेका थिए। बरिन्धराल क्लवका २ खेलाडीले अघिल्लो खेलमा रातो कार्ड पाएकाले दबाबमा रह्यो ।
    १६ औं आहा राराको संस्करणमा पहिलो ह्याट्रिक गर्ने सौभाग्य भने थ्री स्टारका विश्वास श्रेष्ठले पाए । उनी सर्वा्धिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन् ।
    बिहीबारको दोस्रो सेमिफाईनल खेल धरान फुटबल क्लब र नेपाल पुलिस क्लब बीच हुने छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.