• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सांसद र ब्यवसायीलाई धम्काएर करोडौं फिरौती माग्ने समूहकाका ४ सार्वजनिक

  •      /१८ माघ २०७४, बिहीबार ०७:१८ ,  प्रकाशीत
  • पोखरा । प्रदेश सभा सांसद विन्दु कुमार थापा र ब्यवसायी कालु गुरुङलाई धम्काएर फिरौती माग्ने ४ जनालाई जिल्ला प्रहरी कार्यलय कास्कीले सार्वजनिक गरेको छ । विहिबार प्रहरीले कायलय परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको हो।
    मुख्य योजनाकार नलबहादुर गुरुङ (शंकर) सहित अन्य तीनजनालाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मुख्य योजनाकार स्याङजा टक्सारका शंकर सहित स्याङजा फेदीखोला घर भई पोखराको जरेबर बस्दै आएका अमृत खड्का, पर्वत कुश्मा नगरपालिका घर भई पोखरा ६ जरेबरमै बस्ने रामु सुवेदी र स्याङजा फेदीखोलाका शिव कार्की रहेका छन् ।
    कास्की क्षेत्र नम्बर २ (ख) का सांसद विन्दुकुमार थापा, ब्यवसायी कालु गुरुङ बोधराज कार्की र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई मोटो रकम माग गर्दै धम्काएका थिए।
    प्रहरीले उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालत कास्कीबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ ।
    सांसद थापालाई उनीहरुले २ करोड रुपैयाँ माग गर्दै विभिन्न नम्बरबाट धम्क्याउदै आएका थिए । थापाले ज्यानको सुरक्षा माग गर्दै १ महिना अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । ‘चुनाब सम्पन्न भए लगत्तै निरन्तर धम्की आईरहेको थियो, दिनमा ५ पटकसम्म फोन आउँथ्यो, थापाले भने–त्यसपछि मैले प्रहरीमा उजुरी दिएको हुँ ।’ ‘करिब २ महिना मेरो पुरै तनाबमै बित्यो।’
    उनीहरुले थापालाई मनोज पुनको नाम लिएर फोनमार्फत धम्की दिदै आएका थिए । मनोज पुनको मान्छे हुँ भन्दै बुटवलको घटना दोहोरिएला भनेर धम्क्याउने गरेको थापाले बताए।
    उनीहरुले कहिले नेपालबाट कहिले भारत पुगेर भारतीय मोवाइलबाट फोन गरेर धम्काउदै आएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.