पोखरा । १६ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल खेलमा नेपाल पुलिसले धरान फुटबल क्लबलाई १—० गोलले हराउदै फाइनलमा प्रबेश गरेको छ । बिहिवार पोखरा रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लवले धरान फुटवल क्लवलाई हराएको हो। २२ औं मिनेटमा पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्दै नेपाल पुलिस क्लबलाई फाईनल खेलमा प्रबेश गराएका हुन्।
रोमन लिम्बुले डिबक्सभित्र रवि पासवानलाई तानेर लडाएपछि रेफ्री सुदेश पाण्डेले पहेलो कार्ड देखाउँदै पेनाल्टीको मौका दिएका थिए । धरानले पोखराको मैदानमा आफुलाई पुलिस भन्दा अब्बल देखाउन निकै मेहनत ग¥यो । यद्यपी गोल भने निस्किएन । एकपछि अर्को मुभ बनाएको धराने प्रयासलाई हरेक पटक पुलिसका डिफेन्सले जोगाउँदै पुलिसलाई फाईनलको यात्रा तय गराउने भूमिका निर्वाह गरे।
खेलको ३५ औं मिनेटमा डिफेन्स समेत विट भईसकेको अवस्थामा पुलिसका गोलकिपरले क्लियर गर्न खोजेको बल धरानका निशान लिम्बुसँग रिफ्लेक्ट हुदैं पोष्ट नजिकैबाट बाहिरियो । कर्नरको अवसर पाएको धरानले सदुपयोग गर्न सकेन् । पोखराको मैदानमा धरान फुटबल क्लब र नेपाल पुलिस क्लबको बिहीबारको भेट भने तेस्रो थियो । छैटौं र १२ औं सस्करणमा पुलिस क्लबसँग पराजित भएको धरान १६ औं सस्करणमा पराजित हुन पुग्यो । धरानले ९० मिनेटसम्मको खेलमा छ पटक कर्नर हान्ने अवसर पाएको थियो ।
पुलिसले भने ११ औं मिनेटमा अभिषेक रिजालको प्रहार पन्च सेभ भएको थियो । ३५ यार्ड टाढाबाट प्रहार बल सिधै पोष्टको दिशातर्फ गएको थियो । तर गोलकिपरले बचाउ गर्दै धरानमाथिको दवावलाई मत्थर बनाएका थिए ।
खेलमा नेपाल पुलिस क्लबका गोलकिपर शत्रुघन चौधरीलाई म्यान अफ दि म्याच हुन सफल भए । फाइनल खेल नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब बीच हुने छ।
शुभेच्छा न्यूज

Related