जुनसुकै हालतमा पार्टी एकता भएरै छाड्छ ः महासचिब पोख्रेल
/१९ माघ २०७४, शुक्रबार १५:०९ , प्रकाशीत
पोखरा । नेकपा एमालेका महासचिब ईश्वर पोखरेलले दुईपार्टी बीचको पार्टी एकता जुनसुकै हालतमा भएरै छोड्ने बताएका छन् । उनले पार्टी एकताको वारेमा फैलाइएका हल्लाहरु निराधार भएको भन्दै त्यस्ता हल्लाहरु एकता भाड्ने नियोजित षड्यन्त्र भएकोे बताए।
नेता पोखरेलले शुक्रबार देखि पोखरामा शुरु भएको नेपाल राष्ट्रिय बाणिज्य संघको दोस्रो अधिबेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।नेता पोखरेलले एकीकरण प्रक्रिया जनता र कार्यकर्ताको चाहाना भएको बताउदै जस्तासुकै जालझेललाई परास्त गर्दै सांगठानिक एवं बैचारिक हिसाबले पार्टी एकीकरण हुने बताए ।‘अब छिट्टै पार्टी एकीकृकरणको निम्ती सांगठनिक ब्यबस्थापन गरी दुई कार्यदल बन्ने छन्’उनले भने। ‘त्यही दुईदलबीचको कार्यदलले एकता प्रक्रियाका वारेमा आवस्यक गृहकार्य गर्नेछ।’
दुवै पार्टी भित्र र बाहिर केहि व्यक्तिहरु एकता भाँडने पक्षमा रहेको बताउदै नेता पोखरेलले एकता बिरोधि तत्वहरु आफै सकिने दावी गरे। उनले बिगतमा दुई पार्टीको बिचार र सिद्धान्त फरक रहेपनि देशको बिषम परिस्थितीलाई मुल्याङकन गरेर दुवै पार्टीले एकीकरण प्रक्रियालाई थालेको बताए।
नेता पोखरेलले सरकार गठनको मोडालिटी तयार हुदै गरेको बताउदै अब तिब्र गतिमा देशलाई बिकाश र सम्बृद्धि तर्फ लग्नेगरी सरकार संचालनको कार्य्दिशा तयार हुदै गरेको जानकारी दिए ।
कार्यक्रममा एमाले सचिब पृथ्बी सुब्बा गुरुङले भाबानाका कुराले मात्रै एकीकरण नहुने भन्दै सैदान्तिक र सांगठनिक दुवै हिसाबले तयारि भए पछीमात्रै एकता घोषणा हुने बताए । गुरुङले आलो पालो र पद बाडेर नभई एकीकृत महाधिबेशनपछी पार्टी अध्यक्ष नै प्रधानमन्त्री हुनुपर्ने धारणा राखेका थिए ।
त्यस्तै एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश नम्वर ४ का संयोजक किरण गुरुङले सम्बृद्ध अर्थतन्त्र नै देश बिकासको मेरुदण्ड भएको हुदा एक कुशल र प्रभाबकारी नेतृत्वबाट मात्रै सो सम्भब रहेको बताए। उनले भत्ता मात्रै बाडेर देशलाई कंगाल बनाउने नभई अब आम जनतालाई उत्पादनमुखी काममा अबसर सृजना गर्ने तर्फ आफ्नो पार्टी लाग्ने बताए।
कार्यक्रममा उक्त संगठनका इन्चार्ज समेत रहेका नेता मुकुन्द न्यौपाने, पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जी सी,लगाताले बोलेका थिए ।

Related