• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वत पूर्ण साक्षर जिल्ला घोषणा

  •      /१९ माघ २०७४, शुक्रबार ०६:१५ ,  प्रकाशीत
  • पर्वत, १८ माघ । पर्वत पूर्ण साक्षर जिल्ला घोषणा भएको छ । जिल्लाका ९६ दशमलव ९३ प्रतिशत नागरिक लेख्न, पढ्न र हस्ताक्षर गर्न सक्ने भएपछि आज पूर्ण साक्षर घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार १५ देखि ६० वर्ष उमेर समूहका व्यक्ति पढ्न, लेख्न र हस्ताक्षर गर्न सक्षम भएपछि जिल्लालाई साक्षर गर्न सकिने प्रावधान छ ।

    जिल्लामा ३५३ विद्यालय छन् । तीमध्ये ३१० सामुदायिक र ४३ संस्थागत छन् ।  आव २०७४÷७५ मा गरिएको सर्वेक्षणमा पुरुष साक्षर ३२ हजार ३३६ र महिला साक्षर ४८ हजार ३४८ रहेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभयो । राष्ट्रि«य मापदण्डअनुसार ९५ प्रतिशत जनसंख्या साक्षर भएमा साक्षर घोषणा गर्न सकिने बताइएको छ ।

    जिल्लाका ६१ वटै वडा तथा दुई नगरपालिका र पाँच गाउँपालिका पूर्ण साक्षर बनिसकेका छन् । फलेवास नगरपालिका बुधवार मात्रै पूर्ण साक्षर नगर घोषणा भएको थियो ।  प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य पदम गिरीले पूर्ण साक्षर जिल्ला घोषणा गर्दैै अन्य मुलुकका नागरिक साक्षर मात्र हैन प्रविधिमा समेत अघि बढिसकेका अवस्थामा नेपालको शिक्षालाई पनि सोहीअनुरुप परिमार्जन गर्नुपर्ने तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि स्थानीय सरकार र समाजको ठूलो दायित्व हुने बताए।

    कार्यक्रममा प्रदेशसभाका नवनिर्वाचित सदस्य नेत्र अधिकारी, जुनादेवी नेपाली, ललितकला गुरुङ्गलगायतले प्रत्येक नागरिकलाई शिक्षाको पहुँचमा पु¥याउनका लागि पहल गरिने प्रतिबद्धता जनाए । जिल्लाका सातवटै स्थानीय तहका प्रमुखले आआफ्नो स्थानीय तहको शैक्षिक गुणस्तर वृद्धिका लागि विशेष खालका कार्यक्रम अघि बढाइएको जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.