सांसद धम्क्याउने गिरोहलाई कडा कारवाही गर्न कास्की काँग्रेसको माग
/१९ माघ २०७४, शुक्रबार ०९:०२ , प्रकाशीत
पोखरा, माघ। नेपाली काँग्रेस कास्कीले काँग्रेस नेता एवं प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई धम्क्याउने गिरोहलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ।
कास्की काँग्रेसको बिहीबारको बैठकले रकम असुल्ने नियतले सांसद थापालाई धम्क्याउने गिरोह समेत पक्राउ भैसकेकोभन्दै कडा कारवाही गर्न माग गरेको हो।
बैठकले कुनै पनि बहानामा गिरोह उम्कन नसक्ने गरी कारवाही प्रक्रिया अघि बढाउन प्रशासनको ध्यानाकर्षण गराएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए। बैठकले सांसद थापाको सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउन अनुरोध गरेको छ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको बैठकले प्रदेशको राजधानी पोखरामा यस्ता गतिविधि हुनु निन्दनिय भएकोभन्दै आमनागरिकको जीउ÷धनको सुरक्षामा विशेष ध्यान दिन प्रशासनको ध्यानाकर्षण गराएको छ।

Related