• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा आयोजित शिविरमै आङखस्ने समस्या भएका महिला भेटिए

  •      /१९ माघ २०७४, शुक्रबार १३:४१ ,  प्रकाशीत
  • पोखरा, १९ माघ । नेपालको दोस्रो ठूलो राजधानी र मानब सूचांकको आधारमा समेत साक्षरता दर उच्च रहेको पोखरामा महिलाहरुमा आङ खस्ने समस्या देखिएको छ ।
    पोखरा लेखनाथ महानगर पालिकाले पोखरामा आयोजना गरेको स्वास्थ शिविरमा आङ खस्ने समस्या भएका विरामी भेटिएका हुन् ।
    महानगरपालिका र जनप्रिय अस्पतालद्धारा संयुक्तरुपमा आयोजित शिविरमा आएका महिलाहरुको परिक्षणमा आङ खस्ने समस्या देखिएको स्वास्थ्य कर्मि गिता ढकालले बताइन् । महिलाहरुको स्तन तथा पाठेघरका समस्या सम्बन्धी सचेतना तथा स्क्रिनीङ्ग जाँच शिविरमा आङ खस्ने समस्या भएका ६ जना महिलाहरु भेटिएको उनले जानकारी दिइन्।
    ढकालका अनुसार शिविरमा उपचारार्थ आएका २ जना महिलाहरुको भिआए टेस्ट गर्दा पोजेटिभ देखिएकोछ। बिहीबार सम्पन्न शिविरमा पोखराका विभिन्न ठाउँबाट आएका १ सय ७२ जना महिलहरुले परिक्षण गराएका थिए ।
    शिविरको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगर पालिकाकी उपमेयर मन्जु गुरुङले महिलाहरुमा पाठेघर र स्तनको क्यान्सर बढि हुने गरेको बताउदै बेलैमा सचेत रहनु पर्ने बताइन् । उनले यस्ता शिविरहरु अन्य ठाउँमा पनि राख्नु पर्ने बताइन् ।
    कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानका बरिष्ठ बालरोग विशेषज्ञ तथा जनप्रिय अस्पतालका डाक्टर यज्ञराज सिग्देलले महिलाहरुले बालबालिकालाई स्तनापान नगराउदा बढि मात्रामा स्तनको क्यान्सर हुने गरेको बताए ।
    उनले ६ महिना सम्म बालबालिकालाई स्तनपान गराउन सुझाब दिए । उनले जनप्रिय अस्पतालमा आगामी दिनमा पनि यस्ताखाले शिविर राख्ने बताए ।
    शिविरमा स्त्री रोग विशेषज्ञ पे्रम पगेनी र अन्य स्वास्थ्यकर्मिहरुले परिक्षण गरेका थिए । कार्यक्रम पोखरालेखनाथ महानगर पालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्र बरालको अध्यक्षतामा भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.