प्याराग्लाइडिङको पहिलो एसिएन महाद्धिपीय प्रतियोगिता पोखरामा हुँदै
/१९ माघ २०७४, शुक्रबार १३:३८ , प्रकाशीत
कास्की । पर्यटकीय नगरी पोखराको सराङकोटमा पहिलो एशियन महाद्धिपीय प्याराग्लाइडिङ टुर प्रतियोगिता हुने भएको छ। प्याराग्लाइडीङको अन्तराष्ट्रिय संस्था फेडेरेसन अफ एयरनेटिक इन्टरनेसनलको नियमित कार्यतालिका अनुसार प्रतियोगिताको आयोजना गरिएको हो। यहि फेब्रोअरी ५ देखि ९ गते सम्म प्रतियोगिता सञ्चालन हुनेछ। सो अन्तराष्ट्रिय टुर सहित १८ औं संस्करणको नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिताको समेत आयोजना गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
फेब्रोरी ९ अर्थात माघ २६ गतेसम्म पोखरामा संचालन हुने उक्त टुर सहितको प्रतियोगितामा २२ देशका एक सय ५० जना प्रतियोगि सहभागि हुने प्रतियोगिता संयोजक ईन्द्रप्रसाद भण्डारीले बताए । उनका अनुसार हालसम्म १० जना महिला सहितका एक सय ९ जनाले आफ्नो नाम दर्ता गराएका छन ।प्रतियोगितामा स्वदेशी तथा विदेशी एवं टिम ईभेन्टमा विजेतालाई ट्रफिको साथमा पुरस्कृत गरिने संयोजक भण्डारीले बताए ।
पोखराको आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले विगत १७ बर्ष बर्षदेखि हवाई खेलकुद संस्था (ना)ले प्यराग्लाइडिङ प्रतियोगिता गर्दै आएको नाका अध्यक्ष योगेस भट्टराईले बताए। उनका अनुसार दुई बर्षसम्म पोखरामा प्रि–वल्र्डकप प्रतियोगिताको समेत आयोजना गरिएको थियो।
अध्यक्ष भट्टराईले प्राविधिक कारण यस बर्ष वल्र्डकप गर्न नसके पछि एसिएन महाद्धिपीय प्याराग्लाइडिङ टुर संचालन गर्न लागेको बताए। ‘हामीले दुई पटक प्रि–वल्र्ड कप गरेको अनुभव लिइसकेकाछौं, यसले वल्र्ड कपमा सहभागि हुन खेलाडीलाई सहज होस भनेरनै एसियन स्तरको टुर आयोजना गरेका हौं’ उनले भने। ‘अर्को बर्ष हामीले वल्र्ड कप गर्ने तयारीमा जुट्छांैं ।’
हवाइ संस्था ना सहित नेपाल प्याराग्लाईडिङ तथा ह्याण्डग्लाईडिङ संघ तथा नेपाल प्याराग्लाईडिङ पाईलट क्लवको संयुक्त आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न ५६ लाख ८० हजार खर्च लाग्ने अर्थ संयोजक कृष्ण हरी सुवेदीले जनकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न ११ वटा उपसमिति गठन गरिएको नाका महासचिव वसन्तराज दवाडीले बताए । प्रतियोगिताको लागि आवश्यक सुरक्षा र रेस्क्यूको टिम समेत तयारी अबस्थामा राखिएको उनले जनाए । हेलिकोप्टर देखि वोटिङ हुदै एम्वुलेन्ससम्म आफुहरुले तयारी अबस्थामा राखिने भएको आयोजकले जनाएकोछ ।
५ दिन सम्म चल्ने प्रतियोगितामा एफ ए आइको जुरी कमिटीले ५ वटा छुट्टाछुट्टै टास्क दिने ब्यवस्था गरेको छ । पाँचै दिन टास्कमा सबै भन्दा छिटो पुरा गर्ने खेलाडीले प्रतियोगिताको उपाधि पाउनेछन साथै उत्कृस्ट पाइलटको एफएआइको ¥याङंकिंङ्गमा नम्बरिङ्ग हुनेछ। ओभरल च्यम्पिएन, स्पोर्ट्स क्याटेगोरी र उमान्स क्याटेगोरीमा उत्कृस्ट खेलाडी छानिने छन्। हरेक प्रतियोगिताहरुलाइ जिपिएस जडान गरिने हुदा उनीहरुलाई दिएको दुरीको मापन जिपिएसबाटै गरिने छ।
नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा हुने उक्त प्रतियोगितामा एफएआई क्याटागोरी टुको मान्यतामा हुने ।
एसियन स्तरको टुर नेपालबाट सुरु भएसंगै दोश्रो संस्करण भने भारतमा हुनेछ।
प्रतियोगिताहरुले पोखराको सराङकोटबाट उडान भरी तोकिएको दुरी(टाक्स) पुरा गर्ने छन। प्रतियोगिताको पूर्वसन्ध्यामा आईतबार पोखरामा सांस्कृतिक झाँकी सहित प्रतियोगी खेलाडीले आफ्नो देशको झन्डा सहित मार्चपास गर्ने कार्यक्रम तयगरिएको छ।

Related