प्रदेश नम्बर ४ को सिंहदरवार पोखरामा, खुले दुई मन्त्रालय
/१९ माघ २०७४, शुक्रबार ०५:०१ , प्रकाशीत
कास्की । मुलुकमा पहिलोपटक संघीय संरचना अन्तर्गत प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् कार्यालयसहित दुई मन्त्रालय सञ्चालनमा आएका छन् । विहीबार प्रदेशका प्रमुख सचीव सहित तीन सचीवले कार्यभार सम्हालेका छन्। सचिबहरुले कार्यभार सम्हालेपछि प्रदेशसभा बस्नु अघि नै मन्त्रिपरिषद्को कार्यालय सुरु भएको हो ।
साविकका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले प्रदेश नम्बर ४ मा प्रमुख सचिवको कार्यभार सम्हाले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचीवको रुपमा लालमणी ओझाले कार्यभार सम्हालेका छन् । त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचीवको रुपमा फणिन्द्रमणी पोख्रेलले आफ्नो जिम्मेवारी लिएका छन्।
निर्माणाधीन शिप विकास केन्द्रको भवनमा प्रदेश ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामला तथा योजना मन्त्रालय स्थापना गरिएकोछ। मुख्यमन्त्री सहित अरु ३ मन्त्रीले पदवहाली गर्न सक्ने गरी मन्त्रालयको तयारी पूरा भएको प्रमुख सचिव अर्यालले जानकारी दिए ।
अहिले प्रशासनीक रुपमा प्रदेशका संरचना प्रमुख प्राथमिकतमा रहेको सचीव अर्यालले बताए। ‘संसदीय दलको बैठक पछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुहुन्छ’ उनले भने। ‘मुख्य मन्त्रि नियुत्त गरे सँगै प्रान्तिय सरकारको कामले निरन्तरता पाउनेछ ।’
उनले प्रादेशिक मन्त्रालयमा सचिवहरुले जिम्मेवारी बहन गरेको बताउदै त्यसपछि राजनीतिक नेतृत्व आएपछि प्रदेशको संरचनाको नेतृत्व लिने बताए। ‘अब,हामी मन्त्रि बहालीकालागि संरचनाको ब्यवस्थापन र स्वागतमा जुट्छौ । यससँगै प्रदेश सभालाई कानुन बनाएर अगाडी बढ्ने काम विस्तारै सुरु हुन्छ।’
सरकारले प्रदेश तहमा ७ वटा मन्त्रालय राख्ने तयारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँगै आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमी, कृषि तथा सहकारी मन्त्रालय प्रादेशिक तहमा कायम हुनेछन्।
हालको क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालयमा सामाजिक विकास मन्त्रालय, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सहरी विकास तथा भवन डिभिजन कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय र वन कार्यालयको निर्माणधीन भवनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने गरि तयारी गरिएको अर्यालले जानकारी दिए।
प्रदेश ४ को प्रदेश सभाको पहिलो बैठक २२ माघमा हुँदैछ । उक्त बैठकका कार्यसूची तयार भइसकेका छन् । बैठकले प्रदेश संसद सञ्चालन सम्बन्धी कार्य्विधि पारित गर्नुका साथै सभामुख र उपसभामुखको निर्वाचन मिति पनि तय गर्नेछ ।

Related