पोखराबाट प्रकाशमानले भने ‘काँग्रेसको नेतृत्व असफल’
/२१ माघ २०७४, आईतवार ०६:०९ , प्रकाशीत
पोखरा । काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा देउवाको नेतृत्व असफल भएको आरोप लगाएका छन्। नेता सिंहले पार्टी नेतृत्व प्रति कटाक्ष गर्दै अवको नेतृत्व आँफुले लिने बताएका छन्। ‘पार्टी लथालिड्ड अवस्थामा चलिरहेको छ, देशको उपचार गर्ने काँग्रेस पार्टी आफै अस्वस्थ छ’ उनले भने। ‘अब,यो अवस्थामा पार्टी चल्न सक्दैन,’अब कशल नेतृत्वको जिम्मा पार्टी लाउनु पर्छ।’
कास्की काँग्रेसले पोखरामा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विगतका उपलव्धीमा जसरी काँग्रेसको योगदान रह्यो त्यसैगरी विकास र समृद्विका लागि पनि काँग्रस कै नेतृत्व आवश्यक पर्ने जिकिर गरे ।
नेता सिंहले देशको संघीय संरचना अनुसार पार्टीको विधान परिवर्तन गरी सोही अनुसारको संगठन विस्तार थाल्नुपर्ने बताउदै महाधिबेशनको २ महिनाभित्रै गठन हुनुपर्ने ४२ वटा विभाग २ बर्ष वितिसक्दा पनि गठन हुन नसकेको बताए।
जनताले बामगठबन्धलाई सरकारको नेतृत्व गर्ने अवसर दिएको बताउदै नेता सिंहले सत्तामा बसेर जथाभाबी गरे काँग्रेसले श–शक्त कदम चाल्ने चेतावनी दिए।
नेता सिंहले काँग्रेस सधै सत्तामा टाँसिरहन चाहन्छ भनेर कम्युनिष्टले गलत प्रचार गरेको उल्लेख गदै संविधानसभाको निर्वाचनपछि सवैभन्दा बढि समय कम्युनिष्टहरुले नै सरकारको नेतृत्व गरेको बताए। कम्युनिष्टहरुको गलत कुराको खण्डन गर्न नसक्नु काँग्रसको कमजोरी भएको नेता सिंहले बताए।

pahilopost
Related