• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राजधानी विवादः जनकपुरमा प्रदेश सभाको अधिवेशन, वीरगंजमा बिहानैदेखि बन्द

  •      /२१ माघ २०७४, आईतवार ०४:५२ ,  प्रकाशीत
  • वीरगंजः सरकारले प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरलाई तोकेपछि सुरु भएको वीरगंजको विरोध प्रर्दशन कायमै छ। प्रदेश २ को प्रदेश सभाको पहिलो अधिवेशन आह्वानको दिन पनि वीरगंजमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ।

    शनिबार साँझ वीरगंजमा संघर्ष समितिले मसाल जुलुशसहित प्रदर्शन गरेको थियो। साँझ ५ बजे घण्टाघरबाट निकालिएको मसाल जुलुश, मकालु चोक, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो।

    वीरगंजलाई उपहास गरी जनकपुरलाई सरकारले अस्थायी राजधानी तोकेको भन्दै वीरगंजमा बन्द हडताल तथा विरोधका कार्यक्रम चर्किन थालेका छन्। पुस २० देखि संघर्ष समितिले रिले अनशन जारी राखेको छ।

    सरकारले माघ ३ गते जनकपुरलाई अस्थायी राजधानी तोकेको थियो।

    प्रदेशको स्थायी राजधानी भने सम्वन्धित प्रदेशको दुई तिहाई बहुमतले तय गर्नेछ।

    प्रदेश नं २ को प्रदेशसभा बैठकले राजधानीको विषयमा उचित निर्णय लिने आश्वासन संघर्ष समितिलाई दिँइदै आइएको छ। प्रदेश नं २ मा मधेशी गठबन्धन फोरम नेपाल र राजपाको संयुक्त सरकार बन्ने निश्चित भएसँगै वीरगंजमा मधेसवादी दल बाहेकका कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ताहरुले आन्दोलन चर्काउँदै आएका छन्f वीरगंजको विरोधका बीच प्रदेश २ को प्रदेशसभा बैठक आज जनकपुरमा सुरु हुँदैछ।

    pahilopost.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.