पोखरा, २१ माघ । पोखराको सराडकोटमा सोमबारदेखि सुरु हुने एसियन महाद्धिपिय प्याराग्लाईडिङ च्याम्पिन्सिपमा सहभागी हुने २२ देशका पाइलटले आइतबार पोखरामा मार्चपास गरेका छन् । मार्चपासमा पञ्चे बाजा सहितको सबै पाइलटले आआफ्नो देशको झण्डा लिएर सहभागिता जनाएका थिए ।
लेकसाइडको हल्लनचोकबाट सुरु भएको मार्चपास अम्बोटमा पुगेर समापन भएको थियो । प्याराग्लाईडिङको विश्वव्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको बार्षिक क्यालेन्डर बमोजिम फेब्रोअरी ५ देखि फेब्रोअरी ९ सम्म पोखराको सरान्कोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाईडिङ टुर हुन लागेको हो ।
नेपाल हवाइ स्पोर्ट्स एसोसिएन, नेपाल प्याराग्लाईडिङ पाइलट क्लब र एसिएन कन्टिनेन्टल प्याराग्लाईडिङ एसोसिएनको प्राबिधिक सहयोगमा प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा एसियाका नेपाल सहित २२ राष्ट्रका १५० खेलाडीले सहभागिता जनाउने र एफ ए आइको मापदण्ड पुरा गरेका अन्य खेलाडीले समेत भाग लिएका छन् ।
५ दिन सम्म चल्ने प्रतियोगितामा एफ ए आइ को जुरी कमिटीले ५ वोटा छुट्टाछुट्टै टास्क दिने छ र पाँचै दिनको टास्क सबै भन्दा छिटो पुरागर्ने खेलाडीले प्रतियोगिताको उपाधि पाउनेछन । ओभरल च्यम्पिएन, स्पोर्ट्स क्याटेगोरी र उमन्स क्याटेगोरीमा उत्कृस्ट खेलाडी छानिनेछ । आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन छानिने छ ।

Related