• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा थप दूई मन्त्रालय सञ्चालन

  •      /२२ माघ २०७४, सोमबार १३:२३ ,  प्रकाशीत
  • कास्की । संघियता कार्यान्वयका क्रममा प्रदेश नम्बर ४ मा ७ मन्त्रालय मध्ये चार वटा मन्त्रालय सञ्चालनमा आएका छन्। पोखरामा सोमवार थप दुई मन्त्रालय सञ्चालनमा आएका छन्। सञ्चालानमा आएका मन्त्रालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सञ्चालनमा आएका हुन् । यस अधि प्रदेश प्रमुखको कार्यालय, निवास र संसद भवन सञ्चालनमा आइसकेका छन्।
    सरकारले संघियता कार्यन्वयनमा ल्याउने योजना अनुसार भौतिक संरचना निर्माणसंगै मन्त्रालयको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए। ‘भौतिक संरचनाको मर्मत सम्भार र ब्यवस्थापन सकिएपछि कार्यलय सञ्चालनमा ल्याएका छौै’ उनले भने। ‘अब,बाँकी मन्त्रालय पनि तत्कालै सञ्चानको तयारीमै छौं।’
    पोखराको बगर स्थित क्षेत्रीय वन कार्यालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय स्थापना भएको छ । यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पार्दी स्थित सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा स्थापना भएको हो ।
    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिबमा बन निर्देशक डाक्टर बुद्धिसागर पौडेल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सचिबमा क्षेत्रिय कृषि निर्देशक शरदचन्द्र श्रेष्ठले कार्यभार सम्हालेका छन् ।
    यस अघि प्रदेश नम्बर ४ मा प्रमुख सचिबमा साविकका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जिम्मेवारी सम्हालिसकेका छन भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिबको रुपमा लालमणी ओझाले कार्यभार सम्हालि सकेका छन ।
    प्रदेश ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामला तथा योजना मन्त्रालय स्थापना गरेको थियो ।
    सरकारको प्रदेश तहमा मन्त्रालय सञ्चालन गर्ने निर्णय गरेपछि धमाधम मत्रालय स्थापना गरिएको हो। हालको क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालयमा सामाजिक विकास मन्त्रालय, सहरी विकास तथा भवन डिभिजन कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय राख्ने तयारी दर्तरुपमा अगाडी बढेकोछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.