कास्की । संघियता कार्यान्वयका क्रममा प्रदेश नम्बर ४ मा ७ मन्त्रालय मध्ये चार वटा मन्त्रालय सञ्चालनमा आएका छन्। पोखरामा सोमवार थप दुई मन्त्रालय सञ्चालनमा आएका छन्। सञ्चालानमा आएका मन्त्रालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सञ्चालनमा आएका हुन् । यस अधि प्रदेश प्रमुखको कार्यालय, निवास र संसद भवन सञ्चालनमा आइसकेका छन्।
सरकारले संघियता कार्यन्वयनमा ल्याउने योजना अनुसार भौतिक संरचना निर्माणसंगै मन्त्रालयको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए। ‘भौतिक संरचनाको मर्मत सम्भार र ब्यवस्थापन सकिएपछि कार्यलय सञ्चालनमा ल्याएका छौै’ उनले भने। ‘अब,बाँकी मन्त्रालय पनि तत्कालै सञ्चानको तयारीमै छौं।’
पोखराको बगर स्थित क्षेत्रीय वन कार्यालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय स्थापना भएको छ । यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पार्दी स्थित सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा स्थापना भएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिबमा बन निर्देशक डाक्टर बुद्धिसागर पौडेल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सचिबमा क्षेत्रिय कृषि निर्देशक शरदचन्द्र श्रेष्ठले कार्यभार सम्हालेका छन् ।
यस अघि प्रदेश नम्बर ४ मा प्रमुख सचिबमा साविकका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जिम्मेवारी सम्हालिसकेका छन भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिबको रुपमा लालमणी ओझाले कार्यभार सम्हालि सकेका छन ।
प्रदेश ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामला तथा योजना मन्त्रालय स्थापना गरेको थियो ।
सरकारको प्रदेश तहमा मन्त्रालय सञ्चालन गर्ने निर्णय गरेपछि धमाधम मत्रालय स्थापना गरिएको हो। हालको क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालयमा सामाजिक विकास मन्त्रालय, सहरी विकास तथा भवन डिभिजन कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय राख्ने तयारी दर्तरुपमा अगाडी बढेकोछ ।

Related