• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक सुरु

  •      /२२ माघ २०७४, सोमबार ०६:५२ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक नदिपुर स्थित नगर विकास प्रशिक्षण केन्द्रमा शुरु भएको छ ।
    बैठक प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ बजे जनाउ घण्टी बजार सुरुगरिएको छ। बैठकको अध्यक्षता प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले गरेका छन् ।
    आजको बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुख बाबुराम कुँवरले संसद् बैठक आह्वान गरेको सूचना पढेर सुनाइने छ । डेढघण्टा चल्ने बैठकले आन्तरिक कार्यिवधि र सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको चयन गर्ने छ ।
    बैठकमा प्रत्येक ठूला दलबाट तीन÷तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक÷एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम सय अघिनै सर्वदलिय बैठकबाट अनुमोदन भएकोछ।
    बैठक करिब एक घण्टा १५ मिनेट चल्ने सहमति भएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए। प्रदेश नं ४ मा गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ जिल्लाबाट प्रदेशमा ११ जिल्लाबाट ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिएका छन्।
    नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद सहभागि भएका छन्।
    प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १(ख) बाट निर्वा्चित राजिव गुरुङले भने हालसम्म शपथ लिएका छैन ।
    प्रदेशसभा बैठकस्थलमा नेपाल प्रहरीका निरीक्षकको नेतृत्वमा ५५ जना मर्यादापालक खटिनेछन् । सभास्थल बाहिर २५ जना सुरक्षाकर्मी खटाइने छ। ६० सदस्यीय प्रदेशसभाको बैठक बस्ने स्थलमा सांसदका लागि माइकसहितका कुर्ची मिलाएर राखिसकिएको छ । बैठक हेर्न त्यसभन्दा पछिल्लो भागमा अन्य सहभागीका लागि ६० र पत्रकारका लागि ३० कुर्ची राखिएको छ । प्रदेशको बैठकलाई लक्ष्य गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.