प्रदेश ४ को पहिलो बैठक आज बस्दै,बैठकको सम्पूर्ण तयारी पुरा
/२२ माघ २०७४, सोमबार ०४:०४ , प्रकाशीत
नरहरि पौड्याल
कास्की । प्रदेश नम्बर ४ को प्रदेशसभा बैठक आज पोखरामा बस्दैछ । प्रदेशसभाको पहिलो बैठक बस्ने स्थानको भवन तथा अन्य ब्यवस्थापन सकिएको छ। प्रदेश सभाको बैठक हुने नदिपुरस्थित रहेको नगर प्रशिक्षण केन्द्रको हल सहित भवनहरु सिंगारपटार गरेर आकर्षक तुल्याइएकाछ।
नगर प्रशिक्षण केन्द्रको हलमा कार्पेिटङ, टेबल, कुर्सी मिलाउनेदेखि रंगरोगनका काम सकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।
नदीपुरको नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा प्रदेशसभाको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको प्रजिअ अधिकारीले बताए। ‘कार्यलय र प्रदेश सभाका पदाधिकारीका निवास लगायत अन्य संरचनाको पनि मर्मत र विस्तारको काम करिव अन्त्य भएको छ’ उनले भने। ‘अब, बैठक,कार्यलय र मन्त्रीलयको ब्यवस्थापन कार्य हुन्छ।’
यसअघि सम्पन्न सर्वदलीय बैठकले प्रदेशसभा सञ्चालन कार्यिवधि २०७४ पारित गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सभाको सोमवार बस्ने बंठकको सञ्चालनको समय डेढघण्टाको हुने प्रदेशसभाका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए।
उनका अनुसार बैठकमा ३ ठूला दलका ३÷३ जना र साना २ दलबाट १÷१ जना गरी ११ जनाले बोल्ने ब्यवस्था मिलाईएको छ । जसमा प्रत्येक दलबाट १ जना महिला अनिवार्य वक्ताका रुपमा राखिने छ।
सर्वदलिय बैठकले सभामुखको फागुन ३ र उपसभामुखको ६ गते निर्वाचन गर्ने सहमति जुटाएउको छ।
सभामुखको निर्वाचनअघि नै मुख्यमन्त्री चयन हुने सम्भावना पनि छ । मुख्यमन्त्रीका एमालेबाट पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ मुख्य प्रतिश्पर्धीका रुपमा देखिएका छन् ।तर,लामोसमय सम्मपनि दलहरुले पार्टीको तर्फबाट उमेदवार चयन गर्न सकेका छैन्। सभामुख र उपभामुखको निर्वाचन फागुन ३ र ६ गते सहमती दलका नेताले बताएका छन् ।
प्रदेशसभा बैठकस्थलमा नेपाल प्रहरीका निरीक्षकको नेतृत्वमा ५५ जना मर्यादापालक खटिनेछन् । सभास्थल बाहिर २५ जना सुरक्षाकर्मी खटाइने छ। ६० सदस्यीय प्रदेशसभाको बैठक बस्ने स्थलमा सांसदका लागि माइकसहितका कुर्ची मिलाएर राखिसकिएको छ । बैठक हेर्न त्यसभन्दा पछिल्लो भागमा अन्य सहभागीका लागि ६० र पत्रकारका लागि ३० कुर्ची राखिएको छ ।
प्रदेशको अस्थायी मुकाम तोकीएसंगै मन्त्रालयहरुकोलागि भौतिक संरचना निर्माणको कार्य करिव सकीएको छ। बिहीबार विभिन्न सरकारी कार्यालयमा मन्त्रालय समेत स्थापना गरिएको छ ।
सीप विकास प्रशिक्षण केन्द्रको नवनिर्मित भवनको केही कोठामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरी काम सञ्चालन गरिएको छ । अन्य मन्त्रालय स्थापनाको तयारी समेत पूरा भएको छ । प्रदेश नं ४ मा गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ जिल्ला पर्छन् ।
प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व छ । प्रदेश ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ गरी कुल ६० सदस्य छन् । प्रदेशसभाको पोशाक दौरासुरुवाल, सुटपाइन्ट र साडीचोलो
सर्वदलीय बैठकले प्रदेशसभा बैठकका प्रक्रिया सम्बन्धमा छलफल गरी पोशाकका विषयमा सहमति जुटाएकोछ ।
ज्येष्ठ सदस्य श्रेष्ठका अनुसार प्रदेशसभा बैठकमा आउन पुरुष तथा महिला सदस्यलाई तीन प्रकृतिको पोशाक निर्धारण गरिएको छ । बैठकमा पुरुष सदस्यले दौरासुरुवाल र कोट वा सुट पाइन्ट वा आआफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
पुरुष सदस्यले दौरा सुरुवाल र कोट वा सुट पाइन्ट वा आआफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक, महिला सदस्यका लागि साडीचोलो वा सुट पाइन्ट वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ ।
त्यस्तै महिला सदस्यका लागि साडीचोलो वा सुट पाइन्ट वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ । बैठकको पूर्वसध्यामा बैठक अभ्यास
बैठकका लागि आइतबार रियलसल मेत गरेको छ । बैठकमा एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ थिए भने काँग्रेसबाट कृष्णचन्द्र नेपाली र विन्दुकुमार थापा माओबादीका हरि चुमान र नेत्रनाथ अधिकारी, जनमोर्चाले कृष्ण थापा र नयाँ शक्ति पार्टी नेपालबाट हरिशरण आचार्य सहभागी थिए ।
प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व छ । प्रदेश ४ मा एमालेका २७, काँग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ गरी कुल ६० सदस्य छन् ।
नरहरि पौड्याल
कास्की । प्रदेश नम्बर ४ को प्रदेशसभा बैठक आज पोखरामा बस्दैछ । प्रदेशसभाको पहिलो बैठक बस्ने स्थानको भवन तथा अन्य ब्यवस्थापन सकिएको छ। प्रदेश सभाको बैठक हुने नदिपुरस्थित रहेको नगर प्रशिक्षण केन्द्रको हल सहित भवनहरु सिंगारपटार गरेर आकर्षक तुल्याइएकाछ।
नगर प्रशिक्षण केन्द्रको हलमा कार्पेिटङ, टेबल, कुर्सी मिलाउनेदेखि रंगरोगनका काम सकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।
नदीपुरको नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा प्रदेशसभाको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको प्रजिअ अधिकारीले बताए। ‘कार्यलय र प्रदेश सभाका पदाधिकारीका निवास लगायत अन्य संरचनाको पनि मर्मत र विस्तारको काम करिव अन्त्य भएको छ’ उनले भने। ‘अब, बैठक,कार्यलय र मन्त्रीलयको ब्यवस्थापन कार्य हुन्छ।’
यसअघि सम्पन्न सर्वदलीय बैठकले प्रदेशसभा सञ्चालन कार्यिवधि २०७४ पारित गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सभाको सोमवार बस्ने बंठकको सञ्चालनको समय डेढघण्टाको हुने प्रदेशसभाका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए।
उनका अनुसार बैठकमा ३ ठूला दलका ३÷३ जना र साना २ दलबाट १÷१ जना गरी ११ जनाले बोल्ने ब्यवस्था मिलाईएको छ । जसमा प्रत्येक दलबाट १ जना महिला अनिवार्य वक्ताका रुपमा राखिने छ।
सर्वदलिय बैठकले सभामुखको फागुन ३ र उपसभामुखको ६ गते निर्वाचन गर्ने सहमति जुटाएउको छ।
सभामुखको निर्वाचनअघि नै मुख्यमन्त्री चयन हुने सम्भावना पनि छ । मुख्यमन्त्रीका एमालेबाट पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ मुख्य प्रतिश्पर्धीका रुपमा देखिएका छन् ।तर,लामोसमय सम्मपनि दलहरुले पार्टीको तर्फबाट उमेदवार चयन गर्न सकेका छैन्। सभामुख र उपभामुखको निर्वाचन फागुन ३ र ६ गते सहमती दलका नेताले बताएका छन् ।
प्रदेशसभा बैठकस्थलमा नेपाल प्रहरीका निरीक्षकको नेतृत्वमा ५५ जना मर्यादापालक खटिनेछन् । सभास्थल बाहिर २५ जना सुरक्षाकर्मी खटाइने छ। ६० सदस्यीय प्रदेशसभाको बैठक बस्ने स्थलमा सांसदका लागि माइकसहितका कुर्ची मिलाएर राखिसकिएको छ । बैठक हेर्न त्यसभन्दा पछिल्लो भागमा अन्य सहभागीका लागि ६० र पत्रकारका लागि ३० कुर्ची राखिएको छ ।
प्रदेशको अस्थायी मुकाम तोकीएसंगै मन्त्रालयहरुकोलागि भौतिक संरचना निर्माणको कार्य करिव सकीएको छ। बिहीबार विभिन्न सरकारी कार्यालयमा मन्त्रालय समेत स्थापना गरिएको छ ।
सीप विकास प्रशिक्षण केन्द्रको नवनिर्मित भवनको केही कोठामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरी काम सञ्चालन गरिएको छ । अन्य मन्त्रालय स्थापनाको तयारी समेत पूरा भएको छ । प्रदेश नं ४ मा गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ जिल्ला पर्छन् ।
प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व छ । प्रदेश ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ गरी कुल ६० सदस्य छन् ।
प्रदेशसभाको पोशाक दौरासुरुवाल, सुटपाइन्ट र साडीचोलो
सर्वदलीय बैठकले प्रदेशसभा बैठकका प्रक्रिया सम्बन्धमा छलफल गरी पोशाकका विषयमा सहमति जुटाएकोछ ।
ज्येष्ठ सदस्य श्रेष्ठका अनुसार प्रदेशसभा बैठकमा आउन पुरुष तथा महिला सदस्यलाई तीन प्रकृतिको पोशाक निर्धारण गरिएको छ । बैठकमा पुरुष सदस्यले दौरासुरुवाल र कोट वा सुट पाइन्ट वा आआफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
पुरुष सदस्यले दौरा सुरुवाल र कोट वा सुट पाइन्ट वा आआफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक, महिला सदस्यका लागि साडीचोलो वा सुट पाइन्ट वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ ।
त्यस्तै महिला सदस्यका लागि साडीचोलो वा सुट पाइन्ट वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ ।
बैठकको पूर्वसध्यामा बैठक अभ्यास

Related