कास्की । धौलागिरिको सदरमुकाम बागलुङ्ग बजारमा सिद्घार्थ बैंकले शाखा सञ्चालनमा ल्याएको छ। शाखाको सोमवार एक औपचारीक कार्यक्रमको आयोजना गरी उद्धाटन गरिएको छ।
शखा कार्यलयको उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ र बागलुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रुपमा गरेका थिए।
सञ्चालनमा आएको यस शाखाबाट बैंकका अन्य शाखाहरुमा उपलब्ध रहेका सेवाहरु सहजरुपमा उपलब्ध हुने बैकले जनाएको छ।बैकले यस शाखाबाट निक्षेप तथा कर्जा कारोवार, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरीने जनाएको छ।
शाखा सञ्चालनबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई बचत परिचालन, उद्यमशिलताको वृद्घि लगायतका आर्थिक गतिविधि बढ्ने र सर्वसाधारणले बैंकको उच्चस्तरीय सेवा सहजरुपमा लिन सक्ने विश्वास बैंकले लिएको छ ।
बैंकले देशभर ९२ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटिएम र ६५० भन्दा बढी एटिएम मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल निक्षेप ८५ अर्ब ५७ करोड र कर्जा लगानी ७६ अर्ब ९५ करोड रहेको छ भने पौष मसान्तसम्म खुद मुनाफा ७७ करोड रहेको छ ।

Related