प्रदेश नं. ४ को ऐतिहासिक पहिलो प्रदेश सभा सम्पन्न, बिकास र समृद्धीमै सांसदहरुको जोड
तपाईको प्रतिक्रिया





पोखरा । प्रदेश नंम्वर ४ को ऐतिहासिक पहिलो प्रदेश सभा सम्पन्न भएको छ । आगामी फाल्गुन ३ गते सभामुखको चयन गर्ने गरि प्रदेशसभा सञ्चालनको आन्तरीक कार्य्विधि पारित गर्दै पहिलो प्रदेशसभा बैठक सकिएको हो । संसदको आगामी बंैठक फाल्गुन ३ गते दिउँसो १ बजेका लागी आह्वान गरिएको छ ।
पहिलो बैठकले सभामुख तथा उपसभामुख चयन नभए सम्म संसद सञ्चालनका लागि ५ सदस्यीय कार्य समिति चयन गरेको छ । जसमा सांसदहरु गायत्री गुरुङ्, टेक बहादुर घर्ति, धनमाया पोखरेल लामा, मन कुमारी गुरुङ, र मित्र कुमारी सुवेदी रहेका छन् ।
यसअघि संसदलाई सम्बोधन गर्दै मुख्य मन्त्रीका दावेदारका रुपमा हेरिएका नेकपा एमालेका सांसद पृथ्वी शुब्बा गुरुङ्ले प्रदेश नंम्वर ४ को समग्र विकासका लागी सम्भावनाहरुको पहिचाहन गर्दै शिक्षा स्वास्थ्य खेलकुद र पर्यटनको विकासमा लाई मुख्य प्राथमिकतामा राखेको बताए।
कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले प्रदेश नंम्वर ४ को साँस्कृतिक एवं ऐतिहासिक पक्षहरुको उजागर गर्दै विकास प्रति प्रतिवद्ध रहने बताए । उनले प्रदेश नंम्वर ४ लाई विभिन्न कोणबाट जोड्दै पर्यटनको विकास लाग्नु पर्ने बताए ।
माओवादी केन्द्रका सांसद हरि बहादुर चुमानले अहिले पनि संघियताको विरोध गर्ने शक्तिहरु क्रियाशिल रहेको भन्दै सचेत हुनु पर्ने बताए । संविधानको सफल कार्यान्वयन मार्फत घरदैलोमा पुगेका अधिकारहरुको संरक्षणमा उनले जोड दिए । जनताको म्यान्डेट अनुसार समग्र प्रदेशको विकास निर्माणलाई अगाडि बढाउने बताए।
राष्ट्रिय जनमोर्चाका साँंसद कृष्ण थापा ग्रामिण क्षेत्रमा रहेका सम्भावनाहरुको उजागर गर्न नसकिएको अवस्थामा विकास सम्भव नहुने तर्क गरेका थिए । उनले गाँउको शिक्षा, स्वास्थ्यको अवस्था निकै कमजोर भन्दै प्रति चिन्ता व्यक्त गरे । साँसद थापाले संघियता खर्चिलो व्यवस्था भएकाले मुलुकले धान्न नसक्ने बताए । राजनीतिक भ्रष्ट्राचारलाई रोक्नु पर्ने उनले तर्क थियो।
नयाँ शक्ति पार्टी नेपालका सांसद हरिशरण आचार्यले प्रतिवद्धता कार्यान्वयमा संकल्प गर्नु पर्ने बेला आएको बताए । प्रदेश नं. ४ मा भएका सम्भावनाहरुको विकासमा देखिएका चुनौतीहरुको सामाना गर्नु पर्ने सामथ्र्यको राख्नुपर्ने बताए।
नेकपा एमालेका प्रदेश इन्चार्ज एवं प्रदेश सांसद किरण गुरुङले सत्ता पक्ष र प्रतिपक्ष दुवैको ध्यान प्रदेशलाई समृद्ध बनाउने कार्यमा केन्द्रित गर्ने विश्वास व्यक्त गरेका छन् । संघियताले नेपाली जनतालाई बलियो बनाएको उनले तर्क गरे । जाति भाषा धर्म लिंग वर्ग वर्ण भूगोल लगायतका आधारमा नेपाली एकता थप बलियो भएको तर्क गरे ।
शुशासन विना मुलुकको विकास र समृद्धि सम्भव नभएको गुरुङले बताए । आर्थीक हिषावले प्रदेश नं. ४ लाई बलियो बनाउनु पर्ने उनले बताए । परिवर्तनका लागी नयाँ राजनीतिक सोचको आवाश्यक रहेको उनको तर्क थियो ।
त्यसैगरी बैठकमा कांग्रेसका सांसद डोबाटे विश्वकर्मा,नेकपा माओवादी केन्द्रका साँसद नेत्रनाथ अधिकारी ,एमालेकी साँंसद सृजना सर्मा कांग्रेसकी साँंसद ललितकला गुरुङ् र नेकपा माओवादी केन्द्रकी साँसद गायत्री गुरुङ्ले प्रदेशको बिकास र ममृद्धीको वारेमा आफ्नो धारण राखेका थिए।
Related