आन्दोलन चर्काउँदै विद्यार्थी, बुधबार देखि अनिश्चितकालिन नगर बस बन्द
/२३ माघ २०७४, मंगलवार १६:१० , प्रकाशीत
पोखरा, २३ माघ। नगर बसको ठक्करबाट विद्यार्थी बोधराज ढकालको मृत्यू भएको घटनालाई लिएर सात विद्यार्थी संगठनले आन्दोलन चर्काउने भएका छन्।मृतकलाई क्षतिपूर्ति दिने विषयमा बस व्यवसायी गैरजिम्मेबार भएर प्रस्तुत भएको भन्दै संघर्षको कार्यक्रम सार्वजनीक गरेका छन्।
आज साँझ बसेको विद्यार्थी संगठनको बैठकले बुधबार पोखरामा नगर बस संचालन हुन नदिने निर्णय गरेको बैठकमा सहभागि नेवि संघका केन्द्रीय सदस्य मिलन आलेले जानकारी दिए। बुधबार बिहानैदेखि नगर बस संचालनमा रोक लगाउने निर्णय भएको छ उनले भने – ‘यतिगर्दा पनि भएन भने आन्दोलन अझै शशक्त बनाइनेछ।’
मृतक ढकाल नेपाल विद्यार्थी संघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति हुन्। सोमबार साँझ नगर बसको ठक्करबाट उनको मृत्यू भएको हो।

Related