• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेविसंघका विद्यार्थी नेताको मृत्युपछि पोखरामा तनाव, चार राउण्ड अश्रुग्यास प्रहार

  •      /२३ माघ २०७४, मंगलवार ०८:१५ ,  प्रकाशीत
  • पोखरा । नेपाल विद्यार्थी संघ स्याङजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई नगरबसले ठक्कर दिएर मारेको बिरोधमा पृथ्बिनारायण क्याम्पस गेट अगाडी सुरु भएको आन्दोलन उग्र बन्दै गएकोछ। बिहानैबाट विद्यार्थीको अवरोध हटाउन दमनमा उत्रीएको प्रहरीले धरपकड थालेपछि विद्यार्थी आन्दोलन उग्र बन्दै गएको हो।
    आज विहानैबाट बिधर्थीहरुले क्यम्पस गेट अगाडी नगरबस तोडफोड र सडक अवरुद्ध पारेको आरोपमा प्रहरीले ढुङ्गामुढा एवं लाठीचार्ज गरी सडकबाट धपाएपछि बिद्यार्थी आक्रामक देखिएका हुन्। निरन्तर विद्यार्थी र प्रहरी बीच ढुङ्गा हानाहान चलिरहेकोछ।
    ठूलो संख्यामा प्रहरी परिचालन गर्दा समेत आन्दोक झन उग्र बनेपछि प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
    घटनाको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले विहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएका १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
    नेविसंघले पोखरा १ बगर क्षेत्रमा विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि पोखरामा नगरबस सञ्चालन भएकाछैनन्। पिएन क्याम्पस अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै केहीबेर विद्यार्थी र प्रहरी बीच मुठभेड समेत भएको थियो । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघ पिएन क्याम्पसले जनाएको छ ।
    दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघमा आवद्ध विद्यार्थीहरुले पोखराका २५ भन्दा बढी गाडीमा तोडफोड गरेका छन्। केही गाडीको चावी पनि नियन्त्रणमा लिएको ब्यवसायीले बताएका छन् । सोमबार साँझ पिएन क्याम्पस गेट अगाडी नगरबसले किचेर ढकालको मृत्यु भएको थियो । विद्यार्थीहरु संयमित रहेपनि प्रहरीले हस्तक्षेप गर्नु गलत भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए ।
    घटनाको छानवीन र तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने विद्यार्थीहरुले बताएका छन् । अहिले प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बैठक हुँदैछ ।
    पत्रकारमाथि प्रहरी ज्यादती
    प्रहरीलो समाचार संकलनमा खटिएका पत्रकारलाई समेत कुटेका छन् । आदर्श समाजका पत्रकार प्रकाश ढकालको खुट्टामा लाठी प्रहार गर्दा घाएते भएका छन् । पत्रकार ढकालले आफू पत्रकार भन्दा भन्दै पनि प्रहरीले अन्धाधुन्ध प्रहार गरेको बताएका छन् । प्रहरीको यो हर्कतको पत्रकारहरुले चर्को विरोध गरेका छन् । ढकाल पत्रकार महासंघ कास्की कार्यसमिति सदस्य समेत हुन् ।
    ‘प्रहरीबाट चर्को दमन छ । विद्यार्थीलाई उत्तेजित बनाएको अवस्था छ । पत्रकार समाचार संकलन गर्न जाँदा त छाडेनन् ।’ – ढकालले भने ‘पत्रकारको कार्ड देखाउँदा देखाउँदै नली खुट्टैमा हाने।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.