पृथ्बिनारायण क्याम्पसमा बिद्यार्थी र प्रहरी बीच झडप
/२३ माघ २०७४, मंगलवार ०३:३४ , प्रकाशीत
पोखरा । नेपाल विद्यार्थी संघ स्याङजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिलाई नगरबसले ठक्कर दिएर मारेको बिरोधमा बिधर्थीहरु अन्दोलित भएका छन्। उनीहरुले क्यम्पस गेट भएर चल्ने नगरबसहरु तोडफड गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको छ। अहिले क्याम्पस रणभूमीमा परिणत भएको अध्यानरत विद्यार्थी सरोज थापाले बताए।अहिले क्याम्पस वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएकोछ।
सोमवार साँझ बगरमा पैदल हिडिरहेका २४ बर्षीय बाधराज ढकाललाई नगरबसले ठक्कर दिएको थियो। स्याङजा आँधीखोला गाउँपालिका घर भएका ढकाल पोखराको बगरमा बस्दै आएका थिए ।
ढकाललाई ठक्कर दिने ग १ ख ३८३६ नम्बरको प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।
गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । मणिपाल अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीको भनाई छ ।
मृत्यु भएको घट्नामा बसका स्टाफ र चालकको गम्भीर गल्ती रहेको नेविसघंका विद्यार्थीहरुले बताएका छन् । उनीहरुका अनुसार झगड़ा पछी दुर्घटना भएकाले सत्य तथ्य छानबीन गरी घटनाका दोषीलाई कडा भन्दा कडा कारबाहीको माग विद्यार्थी नेताहरुले माग गरेका छन् ।

Related