प्रदेश ४ को राष्ट्रियसभा चुनावको मतगणना सुरु, एक निर्वाचित
/२४ माघ २०७४, बुधबार १२:५४ , प्रकाशीत
पोखरा ।राष्ट्रियसभा चुनावको प्रदेश ४ को मतगणना शुरु भएको छ । पछिल्लो मतपरिणाम अनुसार दलित कोटामा एमालेका खेमबहादुर विक विजयी भएका छन् । उनले नेपाली काग्रेसका जीतबहादुर नेपालीलाई हराउदै बिजयी बने । विकले ३३ सय ९६ मत प्राप्त गरे भने नेपालीले २२ सय ९८ मत प्राप्त गरे ।
क्षेत्रिय निर्वाचन कार्यालय पोखरा अहिले मतगणना भइरहेको छ । खुल्ला तर्फ वाम गठबन्धनबाट खुला सदस्यमा पर्वतका गणेश तिमिल्सीना, बागलुङका दिननाथ शर्मा, नेपाली काग्रेसका गोरखाका सुरेन्द्र पाण्डे र राष्ट्रिय जनमोर्चाले खुलामा कृष्ण अधिकारी प्रतिस्पर्धामा छन् ।
त्यसै गरि महिला तर्फ वाम गठबन्धनबाट बागलुङकी शान्ती जिसी, लमजुङकी दीपा गुरुङ, नेपाली काग्रेसबाट कास्कीकी बृन्दा राना र राष्ट्रिय जनमोर्चाकी मीना पुन चुनावी मैदानमा छन् ।
प्रदेश नम्बर ४ बाट निर्वाचित हुने ८ सदस्य मध्ये अपांग अल्पसंख्यक सदस्यमा कांग्रेसका प्रकाश पन्त निर्वारोध निर्वा्चित भैसकेका छन् । ७ जनाले चुनाबी प्रतिसपर्धामा रहेका छन्।

Related