• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेविसंघका नेताको मृत्यु पछि आक्रामक बनेको आन्दोलन सात बुँदे सहमतिपछि टुङ्गीयो

  •      /२४ माघ २०७४, बुधबार ०६:२१ ,  प्रकाशीत
  • पोखरा । सोमबार साँझ नेपाल बिद्यार्थी संघ (नेबिसंघ) स्याङजा पोखरा सम्पर्क समितिका सभापति बोधराज ढकाललाई नगरबसले किचेर मारेको बिषयलाई लिएर पोखरामा चर्किएको आन्दोलन निष्कर्षमा पुगेको छ ।
    पटक,पटक निष्कर्स बिहिन भएको वार्ता बुधबार भने सहममतीमा टुङ्गीएकोछ। जिल्ला प्रहरी कार्यालय कास्कीमा त्रिपक्षीय छलफल पछि ७ बुँदे सहमति भएको छ । सहमतिमा चालकलाई कडा कारबाही गर्ने र मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउने बिषय उल्लेख छ ।
    चालककै लापरबाहीले दुर्घटना भएको भन्दै कानुन अनुसार हदैसम्मको कारबाही गर्ने, मृतकका परिवारलाई उचित राहात उपलब्ध गराउने, विद्यार्थीलाई सन्ध्याकालीन समयमा पनि छुटको ब्यवस्था गर्ने सहमति भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए ।
    बार्तामा आन्दोलनका सबै घाईतेलाई उपचार गराउने सहमति पनि जुटेको छ । सहमतिपत्रमा जिल्ला प्रहरी कार्यालय, संयुक्त विद्यार्थी आन्दोलन समिति र बस ब्यवसायी समितिले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
    सहमति पछि आजै मृतकका परिवारले शव बुझ्ने र आजै दाहसंस्कार हुने परिवार श्रोतले बताएको छ । दिउँसो १ बजे गण्डकी अस्पतालबाट शवयात्रा निकालेर रामघाटमा अन्त्यष्टी हुने र अन्त्यष्टीमा नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले पार्टीको झण्डा ओढाउने छन् ।
    ठप्प रहेको पोखराका नगरबसहरु सहमति पछि चल्न थालेका छन् । उचित क्षतिपुर्ति र दोषीमाथी कारबाहीको माग गर्दै मंगलबार विद्यार्थीहरुको प्रदर्शनले बगर क्षेत्र तनावग्रस्त भएको थियो । त्यसपछि संयुक्त विद्यार्थी संगठनले विज्ञप्ती जारी गरी घटनाबारे थप छानवीनको माग गर्दै आजदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए ।बिद्यार्थी झन आक्रामक बन्दै गएपछि मंगलवारको बार्तामा टसमस नभएका ब्यवासायी बुधवार भने सकारात्मकरुपमा प्रस्तुत भएपछि बार्ता निश्कर्षमा पुगेको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.