राष्ट्रियसभामा प्रदेश ४ को नतिजा, गठबन्धन ५ काँग्रेस ३ सीटमा बिजयी
/२४ माघ २०७४, बुधबार १५:५३ , प्रकाशीत
पोखरा, माघ २४ । राष्ट्रियसभाको चुनावमा प्रदेश नम्बर ४ को सबै नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार ५ सीट वाम गठबन्धनले जितेको छ जस मध्ये एमाले ३ माओवादल २ सिट हातपारेका छन । त्यसैगरी काँग्रेसले ३ सीट जित हासिल गरेकोछ।बाम गठबन्धनबाट खुला सदस्यमा एमालेका गणेशप्रसाद तिमिल्सिनाले १ हजार ७८२ मत ल्याएर जितहासिल गरे ।
माओवादीका दीननाथ शर्मा १ हजार ५ सय ३० मतसहित विजयी भए। ५ हजार ७ सय ७२ मत सदर भएकोमा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी १९८ ल्याएर पराजित भए । खुल्ला तर्फ नेकाका सुरेन्द्र पाण्डेले २ हजार २६२ मतसहित विजयी बने ।
माओबादीका दिनानाथ शर्मा, महिलामा एमालेकी दीपा गुरुङ, शान्ति अधिकारी र दलिततर्फ माओबादीका खिमकुमार विक निर्वा्चित भएका छन्।
त्यसैगरी काँग्रेसबाट खुलामा सुरेन्द्र पाण्डे, महिलामा वृन्दादेवी राना र अपाङ्गताको कोटामा प्रकाश पन्थ बिजयी भएका छन् ।
प्रदेश ४ बाट राष्ट्रिय सभा सदस्य बन्न ८ पदका लागि १२ जनाको उम्मेदवारी परेको थियो । अपांग कोटामा उम्मेदवारी दिएका एमालेका रामबहादुर थापाको कागजपत्र नपुगेर मनोनयन खारेज भएपछि उनका प्रतिस्पर्धी कांग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध भएका थिए ।
प्रदेश नम्बर ४ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी १ सय ७० जना र ६० जना प्रदेश सभा सांसद मतदाता थिए । मनाङ प्रदेश सभा खका राजीव गुरुङ भने मतदानमा सहभागी हुन आएनन् ।

Related