• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पृथ्वी राजमार्गको ४६ औं वार्षिकोत्सव, बस्ताकोटीलाई पत्रकारिता पुरस्कार

  •      /२४ माघ २०७४, बुधबार १४:३१ ,  प्रकाशीत
  • पोखरा २४ माघ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले स्थापनाको ४६औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा समितिले उत्कृष्ट पत्रकार, कर्मचारी, घाइते लगायतलाई सम्मान गरेकोछ । यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार शिवराज बस्ताकोटी सम्मानित भएका छन् । उनी सराङकोट साप्ताहिक र हिमचुली एफएममा कार्यरत छन् ।

    कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, समितिका अध्यक्ष ऐनकुमार साई र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले उनलाई नगद र दोसल्लासहित सम्मान गरेका हुन् । महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित समितिले बस्ताकोटीलाई सम्मान गर्ने निर्णय गरेको हो । बस्ताकोटी बिगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनले विशेषगरी सडक सुरक्षा र यातयाात क्षेत्रलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्दैै आइरहेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताए । समय सापेक्ष आधुनिक बसहरु सञ्चालन गर्न उनले व्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रममा समितिका सल्लाहकार बाबुराम गिरी, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारी, समितिका संरक्षक केशवप्रसाद अधिकारी, मजदुर संगठनका नेताहरु विष्णु खत्री, गोपाल सिंखडा, अर्जुन खनाल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.