फेवातालमा जलकुम्भी झार झिक्न अत्याधुनीक मेसिन सञ्चालन
/२५ माघ २०७४, बिहीबार ११:३६ , प्रकाशीत
पोखरा, २५ माघ । वर्षायाम शुरु हुने वित्तिकै फेवाताललाई कुरुप बनाउदै फैलिने जलकुम्भी झार र फोहोरलाई झिक्न फेवातालमा अत्याधुनीक मेसिन प्रयोगमा ल्याएको छ । सांसद रविन्द्र अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन प्रयोगमा ल्याएको हो । मेसिनको बिहीबार सांसद रविन्द्र अधिकारी र पोखरा लेखनाथमहानगर पालिकाका प्रमुख मानबहादुर जिसीले मेसिनबाट तालको जलकुम्भी झार झिकेर शुरुवात गरे । जलकुम्भी झार निकाल्ने क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भे्स्टिङ मेसिन लाएको हो । ताल संरक्षणका लागि मेसिन उपयुक्त भएको भन्दै प्रमुख जिसीले यसको सञ्चालन महानगरपालिकाले गर्ने बताए । उनले ताल माथि उत्रेको मात्रै नभइ ६ फिट तलको समेत काटेर निकाल्ने बताए ।
मिट ग्रुरुप प्रालिले क्यानडाबाट ल्याएको यो मेसिनको तौल २ टन छ । ३६ फिट लम्बाई र ८ दशमलव ५ फिट चौडाई भएको मेसिनले एक पटकमा २ टन निकाल्न सक्छ । तालमा वर्षेनी वर्षायामका जलकुम्भी मौलाउदाँ डुंगा सञ्चालन गर्न समेत कठिनाई हुने गरेको छ । जसले पर्यटन क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पुर्याउनले गरेको छ । हिउँद याममा जलकुम्भी झार देखिन्न । तर वर्षायाम लागेपछि ताल पुरै ढपक्क ढाकिन्छ । सांसद अधिकारीले फेवातालको संरक्षण गर्ने अन्य योजनाहरु पनि बनाएर अगाडी बढ्नु पर्ने बताए। उनले फेवातालको संरक्षणका लागि मुहानमा रहेका हर्पन र खहरे खोलाबाट आउने माटो रोक्नका लागि चेकड्याम बनाउनु पर्ने बताए। ।

Related