व्यवसायीको अवरोधले पोखरामा जुत्ता मेला रोकियो,स्किृती दिएको महानगर सिन्डिकेटलाई साथदिदै पछि हट्यो
तपाईको प्रतिक्रिया





पोखरा । नेपाली जुत्ता घर प्रालिको आयोजनामा शुक्रबारदेखि पोखराको सभागृहमा शुरु हुने भनिएको जुत्ता मेला स्थानिय व्यवसायीको अवरोधका कारण रोकीएकोछ। कम्पनीले सिधै मेलाको आयोजना गरी जुत्ता बेच्दा आफूहरु व्यवसायिक रुपमा असुरक्षित भएको भन्दै स्थानिय व्यवसायीहरुले विरोध गरेपछि मेला शुक्रबार शुरु हुन सकेन।
व्यवसायीको चर्को दबाबपछि पोखरा लेखनाथ महानगरपालिका कार्यालयले मेलाका लागि दिएको अनुमती बदर गरेको छ । मेलाका लागि आवश्यक अनुमति दिएर मेलाको सम्पूर्ण तयारी गरिसकेको आयोजक ‘नेपाली जुत्ता घर प्रालि’ भने एकाएक स्थानिय व्यवसायीको दबाबमा परेर महानगरले यस्तो निर्णय गरेको प्रति दुखेसो व्यक्त गरेको छ ।
‘हामीले कानुनी हिसाबमा सम्पूर्ण प्रकृया पुरा गरेर मेलाको अन्तिम तयारी गरेका थियौँ । शुक्रबार मेला शुरु हुने र प्रतिनीधिसभा सदस्य रविन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम तय,गरेका थियौं। तर, अन्तिम समयमा आएर महानगरले पनि स्थानिय व्यवसायीको दवावमा मेलारोक्न भन्दै पत्र पठाएयो। यो सरासर अन्याय हो।’ जुत्ता घर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले भने ।
आयोजकले खुला व्यापार नीति अन्तरगत रहेर आफूहरुले व्यापार गर्न पाउनुपर्ने माग राखेका छन् । उनीहरुले पोखरामा भएको यस अबरोधलाई ‘सिन्डिकेट’को संज्ञा दिएका छन्। स्थानीय जुत्ता व्यवसायीको दबाबमा परेर महानगरपालिकाले सञ्चालनका लागि दिएको अनुमती बदर गराएर ‘सिन्डिकेट’को पक्षपोषण गरेको आरोप उनीहरुले लगाएका छन् ।
सिन्डिकेट कायमगरी स्थानीय ब्यवसायीले आयोजकलाई सस्तो मुल्यमा जुत्ता बेच्न रोकलगाएर उपभोक्ताको अधिकार माथी कुठाराघात गरेको स्थानीय उपभोक्तहरुले आरोप लगाएका छन्।
यस घट्नाले यातायात क्षेत्रमा कायम रहेको सिन्डिकेट चुत्ताचप्पल ब्यवसायीमा समेत देखिएको स्थानीयले बताए।‘कम्पनीहरुले उपभोक्तालाई सस्तो र सर्वशुलभरुपमा जुत्ताचप्पल बेच्दा स्थानीय ब्यवसायीले अबरोध गर्नु सिन्डिकेटकै धङधगी हो’ नयाँ बजारका ब्यवसायी रमेश थापाले भने। ‘आफ्नो सामान आफुखुशी बेच्न पाउनु ब्यवसायी र सस्तोमा खरिद गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो,उनले भने ‘अबरोध गर्ने ब्यवसायीलाई प्रशासनले कारवाही गर्नुपर्छ।’
उद्योग वाणिज्य संघले कम्पनीहरुले सोझै आएर व्यापार मेला गर्दा यहाँका डिलर र अन्य व्यवसायीहरु मर्कामा पर्ने बताएको छ । संघका महासचिव दामु अधिकारीले स्थानिय व्यवसायीलाई कम्पनीले मर्कामा पारेको बताए। ‘हाम्रो बुझाई अनुसार कम्पनीहरुले यहाँका व्यवसायीहरुलाई डिलरशिप पनि दिने अनि आफँै आएर हप्तौं दिनसम्म आफ्ना उत्पादन पनि बेच्ने ?यस्तो काम कम्पनीले रोक्नुपर्छ ।’ उनले भने–‘यहाँका व्यवसायीले लगानी फँसाएर बस्ने अनि कम्पनीले स्थनीय डिलरहरुसँग कुनै सहकार्यनै नगरी मेला गर्दा स्थानिय व्यवसायी अन्यायमा परेका छन्।’
जुत्ता व्यवसायी संघ कास्कीका महासचिव मोहनराज पौडेलले मेलाको नाममा पोके व्यापारलाई कम्पनीहरुले प्रश्रय दिएको आरोप लगाए ।
Related