• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्लेन बनाउँदै चेपाङ युवा

  •      /२६ माघ २०७४, शुक्रबार ०४:५२ ,  प्रकाशीत
  • ध्रुवराज खनाल
    रत्ननगर ।
    राप्ती नगरपालिका–२, गड्यौलीका सरोज चेपाङ सामान्य परिवारका हुन् । उनको परिवारको आर्थिक अवस्था कमजोर छ । पढ्ने रहर भएपनि आर्थिक अभावका कारण उनले माध्यमिक तहको पनि पढाइ पूरा गर्न पाएनन् ।
    तर, पढाइमा खासै जाँगर नचलाउने सरोज सानैदेखि प्राविधिक काममा भने बढी ध्यान दिन्थे । जीविकोपार्जनका लागि उनले ग्यारेजमा काम गर्न थाले । त्यहाँ गाडी बनाउने काम गरे । प्राविधिक काम भएकाले उनले सानो प्लेन र हेलिकप्टर बनाएर व्याट्रीमार्फत उडाउन थाले । उनले यस्तो प्रगति गरे कि अहिले दुई जना चढ्न मिल्ने मिनी एयर क्राफ्ट (सानो प्लेन) बनाउँदै छन् ।
    यो सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । उनले बनाउँदै गरेको प्लेन हेर्नकै लागि अहिले दैनिक करिब २ सय जना आउने गरेका छन् । ६ महिनाअघि प्लेन निर्माणको काम सुरु गरेपनि आर्थिक अभावकै कारण सरोजको लक्ष्य पूरा हुन सकेको छैन । “आर्थिक अभावका कारण पढाइलाई निरन्तरता दिन सकिनँ”, सरोज पहिलेका कुरा सम्झदै भन्छन्, “सानैदेखि केही न केही निर्माण गर्थे, त्यसकै प्रभावका कारण अहिले प्लेन बनाउँदैछु ।” ६ महिनाअघि निर्माणको काम सुरु गरेपनि त्यतिबेला वर्षाका कारण काम गर्न नपाएको र अहिले पैसा नहुँदा प्लेन निर्माणमा ढिलाइ भएको उनले बताए । उनका बाबु कतारमा गाडी चलाउँछन् ।


    बाबुले पठाएको पैसाले नै उनले सामान जोडेर प्लेन बनाउँदैछन् । आल्मुनियम, स्टील, स्कुटरको टायर, मोटरसाइकलको ब्रेक र क्लजलगायत प्लेन निर्माणमा प्रयोग गरिएका छन् । अहिलेसम्म करिब ५ लाख रुपैयाँ खर्च भइसकेको तर आर्थिक अभावका कारण निर्माण कार्य ढिलाइ भएको सरोजले बताए । ६.५ हर्स पावरको तीन वटा ईञ्जिन भएपनि त्यसले नधान्ने भएकाले ठूलो ईञ्जिनको आवश्यकता रहेको उनले बताए ।
    “निर्माण कार्य सकिदा करिब डेढ क्वीन्टलको प्लेन बन्छ”, सरोजले भने, “अहिले भएको ईञ्जिनले धान्ने अवस्था छैन, ठूलो ईञ्जिन किन्न अहिले पैसा छैन ।” बाबुको कमाइबाहेक अरु कसैबाट सहयोग नपाएको उनले बताए । ठूलो ईञ्जिन किन्न सकिएमा अबको २० दिनभित्र प्लेन उडाएर देखाउने सरोजको दावी छ । ठूलो ईञ्जिनका लागि करिब ७० हजार रुपैयाँ लाग्ने उनले बताए । सुरक्षित ईञ्जिन भएमा प्लेन जहाँ पनि लैजान सकिने सरोजको भनाइ छ । ठूलो ईञ्जिन नहुँदा प्लेनभन्दा पहिले प्याराग्लाइडिङ उडाउने उनको तयारी छ ।
    प्याराग्लाइडिङका लागि अरु सबै तयारी अवस्थामा रहेपनि पोखरा गएर प्यारासुट ल्याउन बाँकी रहेको उनले बताए । सरोज एक्लैले पछिल्लो १५ दिनयता लगातार प्लेन र प्याराग्लाइडिङ निर्माणको काम गरिरहेका छन् । सरोजले आँटेको काममा परिवारको पनि उस्तै साथ छ । “कतारमा रहेका बाबुले पठाएको पैसा घर बनाउने तयारीमा थियौं” सरोजकी आमा लीलाले भनिन्, “छोराको आग्रहमा विदेशबाट पठाएको पैसा प्लेन निर्माणमा सहयोग गरेका छौं ।”
    छोराले गरेको काम हेर्न अहिले दैनिक २ सय जना आउने गरेको आमा लीलाले बताइन् । “पैसाभन्दा ठूलो नामै हो”, लीलाले भनिन्, “छोराले केही गर्छु भनेपछि उसको इच्छाविपरीत जान भएन, घर बनाउने पैसा सबै दिएका छौं ।” काठमाडौंबाट पाइलट र ईञ्जिनियर आएर प्लेन निर्माणको काम हेरेर शुभकामना दिई गएको लीला बताउँछिन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.