• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सितेरिया करातेको हल निर्माण गर्न ३० हजार अमेरिकी डलर सहयोग

  •      /२६ माघ २०७४, शुक्रबार १३:२६ ,  प्रकाशीत
  • पोखरा । पोखरामा सितेरियो सेइकोकाई करातेको सुविधा सम्पन्न प्रशिक्षण हल निर्माण गर्न अमेरिकाको हिमालयन फाउन्डेशन करर्पोरेशनले (३० हजार अमेरिकी डलर) करिव ३१ लाख नेपाली रुपैया सहयोग गरेको छ ।
    हिमालयन फाउन्डेशनका अध्यक्ष यज्ञलाल श्रेष्ठले पोखरामा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको चेक संघका अध्यक्ष शुष्मा गुरुङलाई हस्तान्तरण गरे । नेपालका पूर्व धावक र हाल अमेरिका बस्दै आएका श्रेष्ठले आफ्नो व्यवसायको केही रकम च्यारिटी मार्फत नेपालमा सहयोग स्वरुप प्रदान गर्दै आइरहेको बताए ।
    सन २००२ र २००३ मा कालिफोर्नियामा भएको १ सय माइल दौडमा नेपालको झण्डा लिएर दौडीएको बताए। विगतमा नेपाली खेलाडीले भोग्नु परेका समस्याका बारेमा स्मरण गर्दै उनले भने–‘कुनै पनि खेलाडीहरु पानीमा भिजेर प्रशिक्षण गर्नु पर्ने अवस्थाको अन्त्य गर्न सहयोग प्रदान गरेका हौ।’ श्रेष्ठले आफु पढेको विद्यालय सिन्धुपाल्चोमा समेत विद्यालयलाई सुविधा सम्पन्न बनाएको र भुकम्प पीडितको सहयोगार्थ फाउन्डेशनका तर्फ बाट ३५ हजार डलर प्रदान गरेको बताए । उनले यस भन्दा अघिका चार वटा परियोजनाहरु सफलता पूर्वक सम्पन्न गरेको बताए । ‘हामीले पाँचौ परियोजना अन्तर्गत पोखराको कराते प्रशिक्षण हल निर्माणमा सहयोग गर्दैछौ’ उनले भने। ‘यो सहयोग जारी रहनेछ ।’
    उनले उक्त प्रशिक्षण हल निर्माण गर्न थप १५ हजार डलर लाग्ने खर्च फाउन्डेशनले नै व्यर्होने बताए । अमेरिका बसाईको क्रममा सन २००६ मा उक्त फाउन्डेशन दर्ता गरेर विभिन्न च्यारिटी कार्यक्रम मार्फत नेपालमा सहयोग गर्दै आएको उनले बताए ।
    सितेरियो सेइको काई कराते संघका संस्थापक अध्यक्ष फत्त बहादुर गुरुङले चाउथेमा करिव ७ आना जग्गामा प्रशिक्षण हल निर्माण कार्य अघि बढाइएको बताए ।
    संघका अध्यक्ष शुष्मा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष महेन्द्र गुरुङले विदेशमा बसेर पनि स्वदेशलाई सम्झिदैं फाउन्डेशनले नेपालको खेल, शिक्षा लगाएत सामाजिक कार्यमा गरेको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.