फागुनको दोस्रो साता भित्र बामगठबन्धनको सरकार ः महासचिव पोखरेल
/२७ माघ २०७४, शनिबार १२:३९ , प्रकाशीत
पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले फागुनको दोस्रो साता भित्र बामगठबन्धनको सरकार बन्ने बताएका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा आयोजित महाशिवरात्री महामेलाको शनिबार उद्घाटन गदै उनले बामगठबन्धनको सरकार निर्माणसंगै देश विकास र समृद्धिको यात्रामा अगाडी बढने बताएका छन्।
निर्वाचनमा जनताले स्थिर सरकार, आर्थिक विकास र समृद्धिको एजेण्डालाई विजयी गराएको बताउदै देश अव त्यस तर्फ अगाडी बढने नेता पोखरेलले बताए।
‘फागुन दोश्रो साताभित्र देशमा बाम गठबन्धनको स्थिर सरकार गठन हुन्छ। त्यसपछि मुलुकमा विकास र समृद्धिले गति लिन्छ’उनले भने। ‘जनाताले बामगठबन्धनलाई दिएको जनमतलाई देउवासरकाले उपेक्षा गरेकोछ,निर्वाचन सकिएको लामो समय बितिसक्दापनी नयाँ सरकार निर्माणमा अवरोध सृजना गरिएकोछ’नेता पोखरेलले भने।‘नयाँ जनादेश आएपछि त्यसको कदर नगरी उपेक्षा गर्ने काम भएको छ ।’
महासचिव पोखरेलले जनताले स्थिर सरकार र विकासका लागी जनमत दिएको बताउदै बाम गठबन्धन सरकार निर्माण हुनेमा कुनै शंकानरहको बताए।
प्रतिनिधि सभा सदस्य जगत विकले विकास र समृद्धिको लागी जनताले निर्वार्चित गरेको बताए। प्रदेश सभाका सांसद जीवन बरालले जनताको वीचमा रहेर समस्या समाधानमा लागी पर्ने बताए ।

Related