पोखरा, २७ माघ /यस वर्षको टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षा शर्मा सम्मानीत भएकी छन् । उनलाई प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेबी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएतले नगद २० हजार १, दोसल्ला, सम्मानपत्रले सम्मान गरे ।
पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइराला तथा उनको परिवारजनवाट स्थापित सो पुरस्कारवाट हरेक वर्ष १ जना संचारकर्मीलाई पुरस्कृत गरिदै आईएको छ । पत्रकार पुण्य पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसलाई पत्रकार महासंघ कास्कीले सम्मानका लागि छनौट गरेको थियो । समितिमा रमेश पौडेल, माधव पनेरु तथा महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सना पदेन सदस्य थिए ।
जुमना हाल पोखरा एक्सप्रेस पाक्षिकको प्रधानसम्पादक, देशसंचार मल्टिमिडिया अनलाईन तथा रेडीयो जननीमा पनि आवद्ध छिन् । २०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गरेकी वर्षाले माछापुच्छ्े एफएम, पोखरापत्र दैनिक, महिला खवरडटकमको क्षेत्रीय संवाददाताको रुपमा काम गरिन् ।

Related