• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा आयोजित खुल्ला प्याराग्लाइडिङको उपाधी भारतका शर्माले हात पारे

  •      /२७ माघ २०७४, शनिबार ०८:४५ ,  प्रकाशीत
  • पोखरामा सम्पन्न एशिएन महाद्धिपीय प्याराग्लाइडिङ टुर तथा १८ औं नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिताको उपाधी भारतका अजय शर्माले जितेका छन्। शर्माले २२ देशका ७४ जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधीसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।

    प्रतियोगितामा नेपालका विशाल थापा दोश्रो भए। इरानका सलिन फलाह तेश्रो भए। त्यसैगरी, महिलातर्फको खुल्ला प्याराग्लाइडिङ प्रतियोगितामा चाइनाकी यू–चिहान प्रथम भइन्। प्रतियोगितामा सिंगापुरकी सु फेङगो दोश्रो र अमेरीकाकी अनिका आरामदन तेश्रो भइन्।

    टिम ईभेण्टमा भने नेपाल च्याम्पियन बन्न सफल भएको छ। इरानको समूह दोश्रा हँुदा नेपालले तेश्रो स्थानमा आउन सफल भयो। प्रतियोगितामा स्पोर्ट्स क्लासमा नेपालका शेरबहादुर गुरुङ प्रथम, भारतका पिङकु ठाकुर दोश्रो र नेपालकै अनिश भट्टराई तेश्रो भए।

    विजयी खेलाडीहरुको टोलीलाई प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुवंर, प्रदेश सांसदहरु राजिव पहारी, दिपक कोइराला, विन्दुकुमार थापा, पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुली लगायतले पुरस्कार वितरण गरे। कार्यक्रममा लामो समयदेखि प्याराग्लाइडिङको उद्धारमा सक्रिय रुपमा लाग्दै आएका भद्र आलेलाई सम्मान गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.