बिकास र समृद्धिको पहिलो खुड्कीलो शान्ति सुरक्षाः प्रहरी महानिरीक्षक अर्याल
तपाईको प्रतिक्रिया





पोखरा २८ माघ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बिकास र समृद्धिको पहिलो खुड्कीलो नै शान्तिसुरक्षा र अमनचयन भएको बताएका छन्। मुलुक संघीयतामा गएको बताउदै त्यस अनुरुपको शान्ति सुरक्षालाई शसक्त तथा प्रभावकारी बनाउन अपरिहार्य रहेको वताए । उनले भौतिक सेवा सुविधाको अभाव भएपनि प्रहरीले नागरिकलाई प्रवाह गर्ने सेवामा कमि नहुने बताउँदै पुर्वाधारको बिकासले प्रहरीलाई थप रचनात्मक कार्यगर्न अभिप्रेरित गर्ने बताए।
प्रहरी दुख र समस्यामा सम्झिने निकाय भएकाले आशा र भरोसा रहने भन्दै प्रभावकारी सेवा प्रवाहकालागि मातहतका निकायलाई उनले निर्देशनसमेत दिएका छन् ।
काठमाडौं र ईटहरीमा भएका बलात्कारका घटनाप्रति लक्षीत गर्दै अर्यालले महिलाको अस्मिता लुटिएको विषय कहिल्यै पनि मिलापत्र नहुने बताए ।
‘प्रहरी नेपाली जनताको आस्थाको धरोहर हो, नागरिक अधिकार र कानुनको हत्या गर्ने बधशाला होइन।नागरिक अधिकार र मानब अधिकारको प्रहरीलले पूर्ण सम्मान गर्छ।’चार नम्बर प्रदेश प्रहरीको नवनिर्मित भवनको उद्घाटन गर्दै अर्यालले भने।
प्रदेश नम्वर ४ का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमले संघीयताको मर्म र भावना अनुरुप जनताको घरआँगनमा शान्ती सुरक्षाको महशुस हुनेगरी प्रहरीलाई अभिप्रेरित गर्ने बताए।
नव निर्मित भवन ४ करोड ४७ लाख ६२ हजार ९८ रुपैया पैसा ४५ मा निर्माण सम्पन्न भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक पुष्पचन्द्र रञ्जितले वताए । भवन निर्माणको लागि सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा व्यवस्था भए बमोजिमका प्रक्रियाहरु अबलम्वनगरी बनाएको उनले बताए।
भवन निर्माकोलागि खानी निर्माण सेवा, काठमाण्डौ र तत्कालिन क्षेत्रीय प्रहरी कार्यालय पोखरा बीच ०७२ फागुन १४ मा सम्झौता भएको थियो। भवन करिब दुईबर्षको अवधिमा सम्पन्न भएको हो।
तीन तले भवन अपांगमैत्री, भुकम्प प्रतिरोधात्मक प्रविधिमा निर्माण गरिएको छ। भ्वनमा जम्मा ३० वटा कोठाहरु रहेका छन ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र पोखरा लेखनाथ महानगर प्रमुख मान बहादुर जिसीले शुभकामना मन्तव्य राखेका थिए ।
Related