• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अन्त्यमा पृथ्बी सब्वाले बाजीमारे,प्रदेश ४ को मुख्यमन्त्री सिफारिस

  •      /२८ माघ २०७४, आईतवार ०८:१० ,  प्रकाशीत
  • पोखरा, माघ २८ । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ सिफारिस भएका छन् । आईतबार भएको एमाले बैठकले पृथ्वीसुब्बालाई संसदीय दलको नेतामा चयन गरेको हो । यद्यपी केहीबेरमा औपचारिक घोषणा हुँदैछ । यसअघि किरण गुरुङले पनि मुख्यमन्त्रीमा दावी गरेपछि लामो समय बैठक बसेर सर्बसहमतिमा पृथ्वीसुब्बा लाई अघि सारिएको हो ।
    किरणलाई एमालेको केन्द्रिय संगठन विभाग प्रमुख दिने सहमति भएको एमाले श्रोतले बताएको छ । एमालेले संसदीय दलको नेता छान्न आजका लागि निर्वाचन मिति तोकेको थियो । सवा १२ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने समयभित्रै पृथ्वीसुब्बाले उम्मेदवारी दर्ता गराएका थिए । किरणले भने सहमतिका लागि १ घण्टा उम्मेदवारी दिने समय थप मागेका थिए । अन्तिम नाम सार्वजनिक गर्न अहिले एमाले कास्कीको जिल्ला पार्टी कार्याल्यमा बैठक बसिरहेको छ ।
    एमाले स्रोतका अनुसार केपी ओली निकट रहेका सचिव गुरूङको सम्भावना बलियो भएपनि किरण गुरूङले पनि अन्तिम समयसम्म आफू नै मुख्य मन्त्री बन्ने बताउँदै आएका थिए। उनी बामदेव गौतमका विश्वासपात्र मानिन्छन् ।
    प्रदेशसभा सदस्यहरूको सपथ र राष्ट्रिय सभाको निर्वाचनसमेत सम्पन्न भएपछि एमालेका दुवै नेताले मुख्यमन्त्री पदमा आ–आफ्नो दाबी गर्दै आएका थिए । गुरूङद्वयले प्रदेशसभा निर्वाचनको प्रचारदेखि नै मतदातामाझ आफू प्रदेशको मुख्यमन्त्री बन्ने दाबीसहित मत मागेका थिए ।
    प्रदेश ४ मा ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी ६० सांसद छन् । जसमध्ये मनाङबाट एमालेको सहयोगमा निर्वा्चित राजीव गुरूङ ‘दीपक मनाङे’ सर्वोच्च अदालतको आदेशपछि फरार छन् ।
    पृथ्वीभन्दा आफू पार्टीमा सिनियर भएको भन्दै उनले लामो समयदेखि गण्डकी–धौलागिरी अञ्चलमा पार्टीको नेतृत्व गरेको र अहिले पनि ४ नम्बर प्रदेशको संयोजक भएको नाताले आफ्नो विकल्प नभएको बताउँदै आएका छन् । अर्का दाबेदार पृथ्वीसुब्बा गुरूङले पार्टी अध्यक्ष ओलीले चुनावअघि नै आफूलाई मुख्यमन्त्री बनाउने बताएको दाबी गर्दै आएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.