मर्दी हिमालमा ट्रेकिङ गएकी मणिपाल पोखरामा अध्ययनरत २१ वर्षीया युवती हराइन्
तपाईको प्रतिक्रिया





काठमाडौं : कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मर्दी हिमालमा ट्रेकिङ गएकी विपना उप्रेती देउराली भन्ने ठाउँको खोचमा खसेर बेपत्ता भएकी छिन्।
मणिपाल शिक्षण अस्पताल पोखरामा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत २१ वर्षीया उप्रेती ट्रेकिङबाट फर्कने क्रममा देउराली (तल्लो भ्यू प्वाइन्ट) स्थित बाटोबाट करिब १ सय ५० मिटर तल खस्न गई बेपत्ता भएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका–३ बसुन्धारा घर भई हाल मणिपालमा अध्ययनरत उनीसँगै कलेजका पाँच जना ट्रेकिङ गएका थिए। ट्रेकिङबाट फर्कने क्रममा शनिबार उनी खोँचमा खसेपछि उनीसँगै गएका साथीहरुले प्रहरीलाई खबर गरेका थिए।बेपत्ता भएकी उनको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
pahilopost
Related