• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुख्यमन्त्री दावेदार गुरूङद्वयबीच भिडन्त

  •      /२८ माघ २०७४, आईतवार ०५:५० ,  प्रकाशीत
  • पोखरा, २८ माघ । नेकपा एमालेको भागमा परेको प्रदेश नं ४ को मुख्यमन्त्रीका लागि दुई नेताबीच सहमति हुन नसक्दा आज निर्वाचन हुँदैछ । एमाले सचिव पृथ्वी सुब्बा गुरूङ र स्थाई समिति सदस्य तथा प्रदेश इन्चार्ज किरण गुरूङबीच प्रदेश संसदीय दलको नेताका लागि चुनाव हुन लागेको हो ।

    एमलो स्रोतका अनुसार केपी ओली निकट रहेका सचिव गुरूङको सम्भावना बलियो भएपनि किरण गुरूङले पनि अन्तिम समयसम्म आफू नै मुख्य मन्त्री बन्ने बताउँदै आएको छन् । उनी बामदेव गौतमका विश्वासपात्र मानिन्छन् ।

    प्रदेशसभा सदस्यहरूको सपथ र राष्ट्रिय सभाको निर्वाचनसमेत सम्पन्न भएपछि एमालेका दुवै नेताले मुख्यमन्त्री पदमा आ–आफ्नो दाबी गर्दै आएका छन् । गुरूङद्वयले प्रदेशसभा निर्वाचनको प्रचारदेखि नै मतदातामाझ आफू प्रदेशको मुख्यमन्त्री बन्ने दाबीसहित मत मागेका थिए ।

    दुई नेताले एमालेका सांसदहरूलाई आफ्नो पक्षमा पार्न मन्त्रीको प्रलोभन देखाइरहेका छन् । प्रदेश ४ मा ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी ६० सांसद छन् । जसमध्ये मनाङबाट एमालेको सहयोगमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे’ सर्वोच्च अदालतको आदेशपछि फरार छन् ।

    पृथ्वीभन्दा आफू पार्टीमा सिनियर भएको भन्दै उनले लामो समयदेखि गण्डकी–धौलागिरी अञ्चलमा पार्टीको नेतृत्व गरेको र अहिले पनि ४ नम्बर प्रदेशको संयोजक भएको नाताले आफ्नो विकल्प नभएको बताउँदै आएका छन् ।अर्का दाबेदार पृथ्वीसुब्बा गुरूङले पार्टी अध्यक्ष ओलीले चुनावअघि नै आफूलाई मुख्यमन्त्री बनाउने बताएको दाबी गर्दै आएका छन् ।

    प्रदेश ४ मा एमालेबाट पूर्व सांसदहरू विकास लम्साल र नरदेवी पुन मन्त्रीको आश्वासन लिएर प्रदेशमा गएका थिए । त्यसबाहेक अन्य सांसदलाई पनि मुख्यमन्त्रीका दुई दावेदारले मन्त्री बनाउने आश्वासन बाँडेर आफ्नो पक्षमा पार्ने प्रयास गरेको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

    jantapost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.