मणिपालमा अध्ययनरत युवतीको ट्रेकिङबाट फर्कँदा लडेर ज्यान गयो
/२८ माघ २०७४, आईतवार १४:४० , प्रकाशीत
पोखरा । मणिपाल शिक्षण अस्पतालमा एमबिबिएस पढ्दै गरेकी काठमाण्डौंकी २१ बर्षीया दीपना उप्रेतीको पदयात्राबाट फर्किने क्रममा चिप्लीएर खोँचमा खस्दा मृत्यु भएको छ।
साथीहरुसहित मर्दी हिमाल क्षेत्रको पदयात्रामा गएकी दीपना फर्कने क्रममा माछापुच्छ्रे गाउँपालिकाको वडा नंं ९ देउराली हाइक्याम्पस्थित खोँचमा खसेर वेपत्ता भएकी थिइन्। बाटोबाट करीब सय मिटर तल खस्न पुगेकी उनको शव वडा प्रहरी कार्यालय वगरका प्रहरी निरीक्षक दुर्गा श्रेष्ठको नेतृत्वमा घट्नास्थल पुगेको प्रहरीले स्थानीयको सहयोगमा आइतबार बिहान निकालिएको थियो।
पदयात्राबाट फर्कने क्रममा उनी बाटो बिराएर बेपत्ता भएकी थिइन्। आफुले बाटो बिर्सिएको भन्दै फोन मार्फत जानकारी गराएको केही समयपछि सम्पर्क टुलेको थियो।
उनका साथीहरुले घटना लगत्तै धम्पुस प्रहरीलाई जानकारी गराएका थिए। रातको समय भएकाले तत्कालै प्रहरी खोजीकार्यकोलागि पुग्न सकेको थिएन।
एमबीबीएस दोस्रो वर्षमा अध्यानरत उनी काठमाडौं महानगरपालिका–३ बसुन्धराकी स्थायी बासिन्दा हुन्।
उनको शवलाई आइतबार आफन्तले बुझेर लगिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।

Related