पोखरा, २८ माघ । नेकपा एमालेको भागमा परेको प्रदेश नं ४ को मुख्यमन्त्रीका लागि दुई नेताबीच सहमति हुन नसक्दा आज निर्वाचन हुँदैछ । एमाले सचिव पृथ्वी सुब्बा गुरूङ र स्थाई समिति सदस्य तथा प्रदेश इन्चार्ज किरण गुरूङबीच प्रदेश संसदीय दलको नेताका लागि चुनाव हुन लागेको हो ।
एमलो स्रोतका अनुसार केपी ओली निकट रहेका सचिव गुरूङको सम्भावना बलियो भएपनि किरण गुरूङले पनि अन्तिम समयसम्म आफू नै मुख्य मन्त्री बन्ने बताउँदै आएको छन् । उनी बामदेव गौतमका विश्वासपात्र मानिन्छन् ।
प्रदेशसभा सदस्यहरूको सपथ र राष्ट्रिय सभाको निर्वाचनसमेत सम्पन्न भएपछि एमालेका दुवै नेताले मुख्यमन्त्री पदमा आ–आफ्नो दाबी गर्दै आएका छन् । गुरूङद्वयले प्रदेशसभा निर्वाचनको प्रचारदेखि नै मतदातामाझ आफू प्रदेशको मुख्यमन्त्री बन्ने दाबीसहित मत मागेका थिए ।
दुई नेताले एमालेका सांसदहरूलाई आफ्नो पक्षमा पार्न मन्त्रीको प्रलोभन देखाइरहेका छन् । प्रदेश ४ मा ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी ६० सांसद छन् । जसमध्ये मनाङबाट एमालेको सहयोगमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे’ सर्वोच्च अदालतको आदेशपछि फरार छन् ।
पृथ्वीभन्दा आफू पार्टीमा सिनियर भएको भन्दै उनले लामो समयदेखि गण्डकी–धौलागिरी अञ्चलमा पार्टीको नेतृत्व गरेको र अहिले पनि ४ नम्बर प्रदेशको संयोजक भएको नाताले आफ्नो विकल्प नभएको बताउँदै आएका छन् ।अर्का दाबेदार पृथ्वीसुब्बा गुरूङले पार्टी अध्यक्ष ओलीले चुनावअघि नै आफूलाई मुख्यमन्त्री बनाउने बताएको दाबी गर्दै आएका छन् ।
प्रदेश ४ मा एमालेबाट पूर्व सांसदहरू विकास लम्साल र नरदेवी पुन मन्त्रीको आश्वासन लिएर प्रदेशमा गएका थिए । त्यसबाहेक अन्य सांसदलाई पनि मुख्यमन्त्रीका दुई दावेदारले मन्त्री बनाउने आश्वासन बाँडेर आफ्नो पक्षमा पार्ने प्रयास गरेको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

jantapost
Related