पोखरा, २९ माघ । वाङसिङ पोखरा एकता समाजको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले विरेन्द्र हमालको अध्यक्षतामा ९ सदस्सिय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समाजको उपाध्यक्षमा खडानन्द लामिछाने, सचिव अर्जुन पौडेल र कोषाध्यक्ष सृजना केसी छन् । त्यसैगरि सदस्यहरुमा भविश्वर लामिछाने, कल्पना पौडेल, विश्ववन्धु पौडेल, विश्वराज पौडेल, विश्वराज पौडेल र ठाकुरप्रसाद पौडेल छन् ।
कार्यक्रमको अवसरमा समाजका वृद्ध वुवा आमाहरुको सम्मान तथा खडानन्द लामिछानेले प्रकाशन गरेको पुस्तक भावनाका छालहरुको विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका प्रमुख नरेन्द्रराज पौडेलले समाजले गरेका रचनात्मक कामहरुको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे । सो अवसरमा आँधी खोला गाउँपालिका वडान ं ४ का अध्यक्ष चिन्तामणी पौडेल लगायतले वोलका थिए ।

Related