डिभिजन टू : नेपालले केन्यालाई ३ विकेटले हरायो, आरिफ र रोहितको शानदार प्रदर्शन
तपाईको प्रतिक्रिया





काठमाडौं : बलिङमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन तथा ब्याटिङमा आरिफ शेख र रोहित कुमार पौडेलले सम्हालिएको प्रदर्शन गरेपछि नेपालले डिभिजन टू को चौथों खेलमा नामिबियालाई पराजित गरेको छ।
१७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेपनि कप्तान पारस खड्काको ४२ रन तथा आरिफ र रोहितको शानदार ब्याटिङ मद्दतमा केन्यालाई ३ विकेटले पराजित गर्दे तेस्रो जित हासिल गरेको हो।
जितपछि नेपालले ४ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ। लगातार ३ हारपछि केन्या भने शीर्ष २ को होडबाट बाहिरिएको छ।
नेपालको जितमा सन्दीपले ५ विकेट लिए भने ब्याटिङमा रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान गरे। यस्तै कप्तान पारस र आरिफले ४२-४२ रन बनाए। आरिफ र रोहितले छैटौँ विकेटका लागि ८७ रनको साझेदारि गरेका थिए।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १७७ रन बनाएको हो।
ओपनरद्वय एलेक्स ओबान्डा र इरफान करिमले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै केन्यालाई गतिलो सुरुवात दिलाएका थिए। तर सन्दीपले १६औँ ओभरको आफ्नो पहिलो स्पेशलमै ओबान्डाको विकेट लिदै केन्याको साझेदारी तोडेका थिए। उनले आफ्नो दोस्रो ओभरमा धिरेन गोन्डरियाको विकेट लिए भने ३३औँ ओभरको पहिलो र दोस्रो बलमा क्रमश: कप्तान राकेप पटेल र रुसन पटेलको विकेट लिएका थिए।
त्यसअघि केन्याका लागि सर्वाधिक ४२ रन बनाएका इर्फान करिमलाई बसन्त रेग्मीले ३३औँ ओभरको दोस्रो बलमा आउट गरेका थिए।
केन्याका लागि ओबान्डाले ४१ तथा कोलिन्स ओबुयाले २७ रन बनाए। नेल्सन ओढिएम्बो २४ तथा शेम एनगोचे २३ रनमा नटआउट रहे। यी दुईले नवौँ विकेटका लागि ३८ रनको साझेदारी गरे।
बलिङमा सन्दीपले १० ओभरमा ५ मेडन राख्दै २० रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए। यस्तै सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १-१ विकेट लिए।
पहिलोपोस्ट
Related