आठ महिनाको गर्भ पतन गराउने आमा र मेडिकल सञ्चालक पक्राउ
/२९ माघ २०७४, सोमबार १५:५९ , प्रकाशीत
पोखरा । गौमुखी मालारानी गाँउपालिकामा गैरकानुनी रुपमा आठ महिनाको गर्भ पतन गरि शिशुको हत्या गरेको रहस्य खलुको छ । शिसुको हत्या गरेको आरोपमा आमा र एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।गर्भपतन गराउने प्यूठान गौमुखी गाउँपालिका–५ की ४१ महिला र सिरहा सिसवानी घर भइ हाल अर्घाखाँची मालारानीको हंसपुरमा मेडिकल सञ्चालन गरी बस्ने ५६ वर्षीय लखन यादवलाई पक्राउ गरेको हो । मालारानी गाँउपालिकाको वडा नं ६ हंसपुरको लोहोरीमा गर्भमा ८ महिना पुगिसकेको शिशुको असुक्षित गर्भपतन गरी हत्या गरेको आरोपमा आमा र मेडिकल सञ्चालकलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप कुमार डिसीले जानकारी दिए ।घटनाको अनुसन्धान भइरहेको र शिशुको बाबु को थियो भन्ने बारे कस्को आमाले नबताएको प्रहरीले जनाएको छ । उनिहरुलाई कर्तव्य ज्यान अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

source news24
Related