पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइड गौरीघाटमा निर्मित पार्कको उद्धाटन गरिएकोछ। पार्कको प्रतिनिधि सभाका सांसद रविन्द्र अधिकारी र प्रदेश सभाका सांसद राजिव पाहारीले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै सांसद अधिकारीले पर्यटकीय क्षेत्र लेकसाइड अब सफा र आकर्षक मात्रै नभई संसारकै उत्कृस्ट गन्तब्य बनाउन लागि पर्ने भन्दै यो क्षेत्रकै पर्यटकीय गहना फेवा तालको संरक्षणका निम्ति बिशेष कार्यक्रम बनिसकेको बताए । नयाँ सरकारको गठन सगै अब बन्ने सरकार बिशेष कार्य योजना सहित अघि बढ्ने जानकारी सांसद अधिकारीले दिए ।
भर्खरै पोखरा लेखनाथ महानगर संगको सहकार्यमा निर्वाचान क्षेत्र विशेस पूर्वाधार विकास कार्यक्रम मार्फत ताल सफा गर्ने मेसिन आएको त्यसले कार्य शुरु गरिसकेको बताए । फेवा तालको माटो फाल्ने विषय दिर्घकालिन रुपमा अघि बढाउनुपर्ने उनले बताए ।
त्यस्तै प्रदेश न ४ का प्रदेश सभा सांसद राजिव पाहारीले कुनै पनि बहानामा अब तालको संरक्षण र सम्वद्र्धनका विरुद्ध आउने षड्यन्त्र परास्त गर्ने भन्दै जनताको साथमा अब लेकसाइडलाई प्रबिधिले युक्त अत्याधुनिक क्षेत्र बनाउने बताए ।

Related