काठमाडाै, १ फागुन । नेपाल वायुसेवा निगमले थप्न लागेका दुई नयाँ जहाज मंगलबार नेपाल आइपुग्दै छन् । निगमले चीनबाट दुईवटा ‘वाई १२’ जहाज ल्याउन लागेको हो । उक्त जहाज चीनको हर्बिन शहरबाट चिनियाँ पाइलटले नै उडाएर त्रिभुवन विमानस्थलमा ओराल्नेछन् ।
चीनको हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीले उत्पादन गरेका यी दुवै जहाजको क्षमता ९ सिटको रहेको छ । निगमले यसबाट जुम्ला, बाजुरालगायतका दुर्गम जिल्लामा उडान भर्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । चीनबाट दुईवटा वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठवटा जहाज पुग्नेछन् ।
नेपाल र चीन सरकारबीच २०६९ सालमा भएको सम्झौताअनुरूप उक्त नयाँ जहाज ल्याउन लागिएको श्रेष्ठले बताए । सम्झौताअनुसार निगमले चीनबाट कुल ६ वटा जहाज ल्याउने जनाइएको थियो । यसमा दुईवटा अनुदानमा र चारवटा सहुलियत ऋण ३.५ करोड अमेरिकी डलरमा ल्याउने सम्झौता भएको छ ।
सम्झौताभित्रको अनुदानका एउटा ‘एमए ६०’ र एउटा ‘वाई १२’ चिनियाँ जहाज सन् २०१४ मै आइसकेको छ । बाँकी जहाजका लागि चिनियाँ एक्जिम बैंकले सहुलियतमा कर्जा उपलब्ध गराएको छ । सो कर्जाबाट निगमले अहिले आउन लागेका दुवै जहाजका लागि पैसा भुक्तानी गरिसकेको थियो । सोही कारण पनि दुवै जहाज ल्याउनैपर्ने भएकाले निगम आलोचनाका बाबजुद चिनियाँ जहाज भित्र्याउन लागेकोे प्रवक्ता श्रेष्ठले बताए । निगमले भित्र्याएको एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभिक)द्वारा उत्पादित एमए ६० को सिट क्षमता ५६ रहेको छ ।

Related