जनयुद्ध दिवसको पुर्व सन्ध्यामा २२ अर्ब राजस्व बुझाउन नमान्ने एनसेलमाथि नेकपाद्वारा देशब्यापी आक्रमण
तपाईको प्रतिक्रिया





सबैतिर २३ औं जनयुद्ध दिवस मनाउने तयारी भैरहेका बेला नेपाल कम्युनिस्ट पार्टीले आफ्नो जनाकार्बाहीलाई तिब्रता दिन थालेको छ l सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको टेलिफोनसेवालगायत संस्था एनसेलको टावरमा गए राती ताेडफोड र आगजनी भएको छ । क्षतीको विवरण आउन बाँकी छ भने घट्नाको जिम्मा कसैले लिएको छैन ।
एनसेलले ग्राहकलाई शोषण गरेको राजस्व ठगी गरेको आरोप नेकपाले लगाउदै आएको छ । गत वर्ष पनि नेकपाका कार्यकर्ताले देशव्यापी गरी १०० औं स्थानमा आगजनी गरी करोडौंकोे क्षती पु¥याएका थिए ।
दुई निर्माण व्यवसायमाथि आक्रमण
भोजपुर लेगुवामा भीम पौडेल स्वामीत्वको ओमसाई क्रसर उद्योगमा गए राती आगजनी भएको छ । सो क्रशसर उद्योग स्थानीय निकाय (साबिकको जिविस)मा दर्ता नगरेको, आयकर भुत्तानी नगरेको आरोप नेकपाले लगाउदै आएको थियो ।
त्यसैगरी गए राती नै भोजपुर–लेगुवा खण्डको निर्माण कार्य गर्दै आएको राम मैनाली स्वामीत्वको कन्काई कन्ट्रक्शनको डोजर, रोडरलगायतमा पनि आगजनी भएको छ । सो आक्रमण हिले भञ्ज्याङमा भएको हो । क्षतीको विवरण आउन बाँकी छ भने सो घट्नाको जिम्मा कसैले लिएको छैन ।
Related