• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सञ्चानलमा आयो पोखरा थिएटर, पोखरेली रगंमञ्चले गती लिने

  •      /२ फाल्गुन २०७४, बुधबार १५:४४ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघर समेत सञ्चालनमा आएकोछ।
    थिएटरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठ र कास्की क्षेत्र नम्बर २ का सांसद रविन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
    समारोहमा बोल्दै दुवैजनाले पोखरा थिएटर उद्घाटन गर्न पाउनु आफुहरुको शौभाग्य भएको बताए । पोखरा थिएटर र पोखरेली रगंमञ्चप्रति सधै साथ, सहयोग रहने प्रतिवद्धता दुवैले ब्याक्त गरे । उद्घाटनसँगै पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘सिरुमारानी’ मञ्चन गरिएको थियो। यो नाटक मञ्चन सँगै थियटर हलमा बसेर नाटक हेर्ने पोखरेलीको वर्षाेदेखिको सपना पुरा भएको छ।नाटक हेरीसकेपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदा कलाकार उत्साहित बनेका छन् ।
    झण्डै दूई घण्टा लामो नाटकले छिनमा हसाँउछ । छिनमा रुवाउँछ । घरी गम्भीर बनाउँछ । नाटकमा प्रयोग गरिएको लाइट सिस्टम, टिपिकल बाजा, नेपालीपन झल्कने लवज, भेषभुषाले दर्शकलाई आर्क्षित गरेकोछ ।
    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा पोखराका नयाँ तथा पुराना रंगकर्मीको अभिनय छ ।
    नाटकमा पोखरेली रंगमञ्चमा चिनिसकेका प्रकाश घिमिरे, माओत्से गुरुङ, विष्णु गौतमको अभिनय, धनबहादुर गायकको वाजाको धुनले पोखरेली रगंमञ्चलाई माया गर्नेहरु थप उत्साहित बनाएको छ।। साथमा विभिन्न नाटक मार्फत रंगमञ्चमा देखिसकेका दिल गुरुङको दोहोरो भुमिको अलावा सेनापती बनेका रमेशबाबु तिमिल्सिना तथा रंगमञ्चमा आशा लाग्दो प्रतिभा बनेर उदाउन खोजेका अन्जू दाहाल, बी. सी., सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतका कलाकारको अभिनयले पोखरेली रगंमञ्चमा नयाँ तरगं ल्याएका कारण नाटक हेर्ने पुग्नेको भिड बढ्ने अपेक्षा गरिएको छ।
    सर्वसाधरणको लागि नाटक फागुन ३ गतेबाट फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुनेछ । शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त सो समेत हुनेछ । नाटक हेर्न तीन सय र पाँच सय दरको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा एक सय दरको टिकट लाग्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.