• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश ४ को मन्त्रीपरिषद पहिलो बैठक, ५ बर्षमा प्रदेशका सवै बस्तीमा बिद्युतीकरण

  •      /४ फाल्गुन २०७४, शुक्रबार ०९:२५ ,  प्रकाशीत
  • पोखरा । मूलुकमा पहिलो पटक संघियताको कार्यान्वयनको क्रममा शुक्रवार प्रदेश नम्वर ४ का मुख्यमन्त्री र सभामुखले पद तथा गोपनियताको शपथ ग्रहणपछि बसेको मन्त्रीपरिषको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेकोछ। शपथ ग्रहणपछि दुई सदस्यीय मन्त्रीमण्डलको बैठक बसेको थियो।
    संघिय संरचना गरिएको प्रदेश मध्ये सामर्थताको हिसावले अत्यन्त सक्षम र सवल प्रदेशकारुपमा रहेको प्रदेश नम्वर ४ मा मन्त्री परिषदको पहिलो बैठकले पनि जलस्रोत तथा पर्यटन केन्द्रीत योजना प्राथामिकतामा परेकाछन्। जलस्रोत, बिद्युतीकरण, कृषि, पर्यटन र भौतिक निर्माण लगायतका क्षेत्रहरु मुख्य प्राथमीकतामा राखेर आगाडी बढ्नेगरी पहिलो मन्त्री परिषदको बैठकले विभिन्न योजना बनाएकोछ।
    उत्सुकताका साथ हेरीएको प्रदेश नम्वर ४ को पहिलो मन्त्रीपरिषदको बैठकले ५ बर्ष्भित्र प्रदेश ४ का सबै घरमा विद्युत विस्तार गरिसक्ने निर्णय गरेको छ।
    शहीदप्रति श्रद्धाञ्जली दिएर सुरु भएको बैठकमा निर्णय पनि शहीदको सम्मानमा जोडिएको छ । यस्तै बैठकले प्रदेश सरकारको प्रबक्ताका रुपमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतलाई तोकेको छ ।
    ५ बर्ष्भित्रमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने, उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत सबैका घरघरमा विद्युत विस्तार गर्ने, ५ बर्षिभत्रमा प्रदेशका सबै स्थानीय तहको केन्द्रसँग प्रदेश राजधानीको सडक पहुँच विस्तार गर्ने, स्थानीय तहसँगको समन्वयमा २ बर्षिभत्र प्रत्येक गाउँ र बस्तीमा शुद्ध पिउने पानीको ब्यवस्थापन गर्ने लगायतका निर्णय छन् ।
    यस्तै प्रदेशमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने, विभिन्न जाति जनजातिको पहिचान झल्किने गरी बहुसांस्कृतिक ग्राम (मल्टिल्चर भिलेज) स्थापना गर्ने, सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्नका लागि विद्युतिय सुशासनमा जोड दिने निर्णय भएको छ। त्यसैगरी ५ बर्षभित्र अन्तराष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्ने, प्रदेश सरकारका सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी नियमावली २०७४ स्विकृत गर्ने,निर्णय भएको उद्योग मन्त्री तथा प्रदेश सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.