• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा फागुन १८ गते चार देशको अन्तर्राष्टिय रेष्लर भिड्ने

  •      /४ फाल्गुन २०७४, शुक्रबार १४:२५ ,  प्रकाशीत
  • पोखरा, ४ फागुन । पोखरामा फागुन १८ गतेदेखि अन्तराष्ट्रिय रिङ रेष्लर प्रतियोगिता हुने भएको छ। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा पोखरा रंगशालामा प्रतियोगिता हुनेछ । खेल गतिबिधिहरु अगाडी बढाएर नयाँ खेलाडी उत्पादन गर्ने र पोखरेलीलाई रेस्लिङको अन्तर्रा्ष्ट्रिय स्तरको खेलको मज्जा दिलाउने उदेस्यले खेलको आयोजना गरिएको आयोजकले जानकारी दिएकोछ।
    नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेज र पोखरामा खेलकुद मार्फत पर्यटन पवद्र्धनका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष थापाले बताइन् । प्रतियोगितामा नेपाल, भारत, रसिया र अमेरिकाका एक दर्जन बढी अन्तर्रा्ष्ट्रिय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
    अध्यक्ष थापाका अनुसार भने अन्तर्राष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले प्रतिशपर्धा गर्ने छन्।
    राष्ट्रिय खेलकुद परिषद मार्फत मान्यता प्राप्त संघले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु , डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्ने उनले बताईन्।
    संघकी महासचिव सुवर्ण श्रेष्ठका अनुसार प्रतियोगितामा रसियाकी मेफिस्तो तथा साथमा नेपाली महिला रेस्लर दिलासाले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले संचालन गर्ने छन् ।
    प्रतियोगिताको कमेन्टेटरमा नेपालका प्रशिद्घ ¥यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्सको जोडी रहनेछ भने उदघोषण कलाकार कबिता गेलाल शर्माको आवाजले पूर्ण रुपमा दर्शकलाई मनोरन्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।
    पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले यस प्रकारका प्रतियोगिताले पोखरा नगरलाई खेलकुद नगरीको रुपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
    डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा हुने प्रतियोगितामा प्रवेशका लागि ३ सय ५ सय र १ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.